यामाहाले केही समय अगाडिमात्रै बिक्री–वितरण सुुरु गरेको एफजेड–३.० एबीएस मोटरसाइकललाई नयाँ प्रदुषण मापदन्ड अनुसारको इन्जिन दिने तयारी सुरु गरेको छ ।
कम्पनीले उक्त मोडलमा केही कस्मेटिक फिचर र बीएस–६ मापदन्डअनुसारको इन्जिन दिने तयारी गरेको हो । कम्पनीले उक्त नयाँ इन्जिन सहितको बाइक २०२० दिल्ली अटो शोमा सार्वजनिक गर्ने अनुमान सुरु भएको छ ।
नयाँ मापदन्डअनुसार मोटरसाइकलमा दिइने नयाँ इन्जिनले उत्कृष्ट पफर्मेन्स दिने कम्पनीले जनाएको छ । अहिले उक्त बाइकमा १४९ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड फ्यूल इन्जेक्टेड इन्जिन लगाइएको छ । यसले ८ हजार आरपीएममा १३ बीएचपी पावरकासाथै ६ हजार आरपीएममा १२.८ एनएम–टर्क उत्पादन गर्छ । नयाँ इन्जिनले यो भन्दा धेरै पावर प्रदान गर्ने अनुमान गरिएको छ । यद्यपी यसको विस्तृत विवरण भने बाहिर आएको छैन ।
नयाँ इन्जिनमा आउने एफजेडको मूल्य भने केही बढी हुनेछ । साथै, मोटरसाइकल मेट्रिक ब्ल्याक, म्याट ब्ल्याक, ग्रे र क्यान ब्लू, रेसिङ्ग ब्लू र डार्क म्याट ब्लू पाँच कलर अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ ।

