यामाहा मोटरसाइकल कम्पनीले चालकको पहिचान गर्नसक्ने क्षमताको बाइक प्रदशर्नमा राखिएको थियो । यो बाइकमा आफ्नो मालिकको पहिचान गर्न सक्ने क्षमता रहेको छ ।
उक्त बाइक यामाहाले प्रदर्शनमा राखेको थियो । यो यामाहा मोटोरोइड कन्सेप्ट बाइक रहेको यो सेल्फ ब्यालेन्स बाइकसमेत हो ।
कम्पनीले यो बाइकमा आर्टिफिसीयल इन्टिलेजेन्स साथै इमेज रिकग्नेशन टेक्नोलोजीको प्रयोग गरेको छ । उक्त बाइकमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।
बाइकको अगाडी भागमा २ वटा क्यामेराको प्रयोग गरेको छ जसको सहयोगले बाइले आफ्नो मालिकको फेस रिकग्नेशन गर्ने छ । साथै, यो बाइक इसारामा समेत चल्नेछ ।
इसारमा यो बाइकले चालकतर्फ अगाडि आउन, पछाडि जान तथा चालकले इसारा गरेको स्थानमा अडिने जस्ता क्रियाकलाप गर्न सक्नेछ ।

