विमेस्टेकको दौरान भारतसँग रेललेन सम्झौंता

काठमाडाैं । नेपाल र भारतबीच रेललेन र ब्लक कार्गो सम्बन्धी दुई बिषयमा आगामी भदौ १४–१५ मा हुन गइरहेको विमेस्टेकको चौथो शिखर सम्मेलनको दौरान भारत र नेपालबीच सम्झौंता हुने भएको हो । 

उक्त कुराको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । 

केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि नै भारत र चीन जोड्ने गरी रेल विस्तार हुने बताउँदै आएका थिए। यसअघि दुवै देशमा भएको भ्रमणका क्रममा पनि उनले उक्त कुरा उठाएका थिए। 


Back_to_top