भिडियोमा हेर्नुस् यस्तो बन्नेछ पोखरा अन्तर्राष्ट्रिय विमान स्थल

काठमाडौं । पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीले टुईटमार्फत निर्माणाधिन पोखरा विमान स्थलको एनिमेटेड भिडियो सार्वजनीक  गरेका छन् ।

सो भिडियोको सुरुमा नेपाल एयरलायन्सको जहाज अप्रोच गरिरहेको देखिएको छ । पोखरा एयरपोर्टजाने बाटो, टर्मिनल भवन तथा त्यसको भित्री भागमा रहने सुविधाहरु भिडियोमा देखाईएको छ ।

जहाज मर्मतको लागि ह्याङगरसहित निर्माण हुने देखाईएको सो विमान स्थल अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न हुने देखिएको छ ।

अन्तर्राष्ट्रि र डोमेस्टीक छुट्टा छुट्टै टर्मिनल रहने यो एयरपोर्ट निकै सुविधासम्पन्न बन्ने भिडियोमा देखाइएको छ ।


Back_to_top