यस्तो छ राष्ट्रपति भन्डारीको नयाँ कार

काठमाडौं । नेपालको राष्ट्रपति कार्यालयले हिजो बिवाईडीको एउटा नयाँ कार खरिद गरेको छ । यो कार राष्ट्रपतिले नजिको ठाँउहरुमा भ्रमण गर्दा प्रयोग गर्ने कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो समय इलेक्ट्रीक कार चढेर वातावरणमैत्रीको संदेश विश्वका बिभिन्न देशका राष्ट्र प्रमुखहरुले दिइरहेको समयमा हाम्रो राष्ट्रपति कार्यालयले नयाँ इलेक्ट्रीक कार किनेको हो ।

बिवाईडीको ईसीक्स मोडलका गाडिहरु एकपटको फुल चार्जमा ४०० किलोमीटरसम्म गुड्न सक्छन् । यसलाई फुल चार्ज गर्न २ घण्टाको समय लाग्छ । यो कार ६० लाख रुपैयाँमा खरिद गरिएको हो ।


Back_to_top