काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले लकडाउन खुकुलो भएसँगै ल्याएको अफरलाई अहिले पनि निरन्तरता दिइरहेको छ । असारबाट सुरु भएको यो योजना अहिलेपनि चलिरहेको कम्पनीले जनाएको छ ।
कोरोना संकटको कारण मानिसले तत्काल सबै रकम तिरेर मोटरसाइकल किन्न नसक्ने अवस्था सृजना भएको भन्दै कम्पनीले सून्य डाउन पेमेन्ट, सून्य प्रतिशत व्याज र १० हजार नगद छुटको योजना सार्वजनिक गरेको थियो ।
कम्पनीले ल्याएको सून्य प्रतिशत व्याजदरको स्कीममा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले मासिक रकम कति तिर्नु पर्छ भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।
कम्पनीले जनाए अनुसार सून्य प्रतिशत व्याजदरमा कुनै पनि मोडलका मोटरसाइकल वा स्कुटर किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम एकमुष्ठ डाउन पेमेन्ट गर्नु पर्ने छ ।
डाउन पेमेन्टपछि बाँकी रहेको ५० प्रतिशत रकमलाई एक वर्ष भित्र (१२ किस्तामा) तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् । यसरी खरिद गर्दा ग्राहकले व्याज तिर्नु पर्ने छैन । मोटरसाइकलको मूल्यको आधा रकमलाई १२ किस्तामा विभाजन गरि तिर्न सक्ने छन् ।
अहिले कम्पनीले ८ मोडलका विभिन्न भेरियन्टको बिक्री गर्दै आएको छ । त्यस्तै ४ मोडलका स्कुटरपनि कम्पनीले बिक्री गर्दै आएको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य अुनसारको मासिक किस्ता


