दाउन्नेमा भएको भयकंर दुर्घटनामा बचेका चालक भन्छन् ‘हर्न बजाएपछि ज्यूँदैछ भन्ने थाहापाए’

काठमाडौं । दुर्घटना आफैँमा डरलाग्दो शब्द हो । त्यसमा पनि सवारी साधन दुर्घटनामा पर्नु आफैँमा कहालिलाग्दो हुन्छ । कहिले आफ्नै गल्तिले दुर्घटना हुन्छ भने कहिले अर्काको गल्तिले दुर्घटनामा परिन्छ ।

कहिले देख्दा सामान्य लाग्ने दुर्घटनामा पनि मानविय क्षती भइरहेको हुन्छ भने ठूलो र डरलाग्दो दुर्घटनामा पनि मानविय क्षती हुँदैन ।

गत हप्ताको शुक्रबार त्यस्तै डरलाग्दो दुर्घटना भयो नवलपरासीको दाउन्ने भन्ने स्थानमा । भैरहवा भन्सारबाट छुटेर काठमाडौं आइरहेको टाटाको टियागो कार माथी बुटवलतर्फ जाँदै गरेको कन्टेनर पल्टियो । यी दुई गाडी एक आपसमा जुधेका थिएनन् । काठमाडौं आउँदै गरेको कारमा कन्टेनर पल्टेर पूर्ण रुपमा थिचेको थियो । कन्टेनरमा २५ टन लोड रहेको बताइन्छ ।

काठमाडौं आउँदै गरेको नयाँ कारमा चालक मात्रै थिए । गाडीको आधिकारीक वितरकले छुटाएको उक्त गाडीमा चालक बाहेक अन्य यात्रु कानुनी रुपमा पनि बोक्न पाइदैन थियो । त्यसैले यसमा अन्य यात्रु थिएनन् ।

कन्टेनरले थिचेपछि स्थानिय वासिन्दा र सुरक्षा निकायको सहयोगमा उक्त गाडीलाई करिब २ घन्टा लगाएर थिचिएको स्थानबाट बाहिर निकालिएको थियो । पूर्णरुपमा क्षती भएको कार भित्र थिए रुपन्देहीका चालक दिपक चौधरी ।

यस्तो छ चौधरीको सम्झनामा दुर्घटना

म भैरहवाबाट काठमाडौं गाडी लिएर आउँदै थिए । दाउन्नेमा बाटो बिग्रिएको थियो । गाडीहरु ओहोर दोहोर गरिरहेका थिए । मैले बुटवलतर्फ जाँदै गरेको कन्टेनर आइरहेको देखे । निकै लोड लिएर आएको कन्टेनर देखेपछि रोकिनु ठिक लाग्यो । मैले आफ्नो कार रोके । खराव बाटो भएकाले कन्टेनरको पछिल्लो भाग वाँया चेपिदै आयो । मैलेपनि आफ्नो कारलाई सकेसम्म दायाँ चेपे तर, कन्टेनर पूर्णरुपमा पल्टीएर मेरो कारमाथी पर्यो ।

छतबाट कार थिचिदै आयो । मेरो शरिरको बनावट नै पातलो भएकाले मैले गाडीको सिटलाई ढालेर पल्टिए । ढाडमा केही चोटलाग्यो । एउटा खुट्टा फस्यो । तर, एउटा खुट्टा चलिरहेको थियो । दुर्घटना भएको करिब १ घन्टासम्म मलाई यहाँबाट निकाल भनेर चिच्याए । कसैले सुनेन् ।

उनिहरु भएको ठाँउमा आवाज पुगेकै रहेन छ । त्यसपछि मैले कसरी जानकारी गराउने भन्ने उपाए खोज्न थाले । हर्न पो बज्छ कि भन्ने लाग्यो । तर, स्टेरिङसम्म हात लान सक्ने अवस्था थिएन ।

मैले विस्तारै आफ्नो चलाउन मिल्ने अवस्थामा रहेको खुट्टाको प्रयोग गरेर हर्न बजाए । त्यसपछि सबैले थाहापाए छन् । चालक जिवित छ भनेर उनिहरुले हतार गरेर क्रेन मगाए । सबैको सहयोगले करिब २ घन्टापछि मलाई बाहिर निकाले । त्यसपछि मलाई अस्पताल लगियो । त्यहाँ पुरै बढीको स्क्यान गरेर हेरेपछि केही पनि भएको रहेन छ ।

अहिले म आफ्नै घरमा आराम गरिरहेको छु । कम्पनीले पनि आराम गरेरपछि मात्रै काममा आउनु भनेको छ । सबैको सहयोगले म त्यो डरलाग्दो दुर्घटनाबाट बाँचे । यसअघि टाटाका कार सुरक्षीत छन् भन्ने सुनेको थिएँ । यस पटक आफैँ दुर्घटनामा परे साँचै टाटा टियागो बलियो रहेछ ।

सुरक्षीत कार भएरै हो त ?

टाटा टियागो ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ पाएको कार हो । यो अहिले बजारमा उपलब्ध सेग्मेन्टको सुरक्षीत मध्यको एक कार हो । भारतीय अटो जायन्ट टाटा ग्रुपको सबै उत्पादनहरु राम्रो क्वालिटीको हुने गरेको छ ।

टाटा मोटर्स मात्र भारतमा यस्तो कम्पनी हो, जसले आफ्नै स्टिल प्रयोग गरेर गाडी उत्पादन गर्छ । टाटाका गाडीमा प्रयोग हुने स्टिलले गाडीको स्टक्चर र बडीको स्ट्रेन्थ निक्र्यौल गर्छ ।

टाटाको उक्त टियागोमा सुरक्षाका लागि अगाडिको दुबै साइडमा एयरव्याग, इबिडीसहितको एबीएस ब्रेकिङ सिस्टम, कर्नर स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सर आदि फिचरहरु रहेका छन् ।

कारमा स्पीड अलर्ट सिस्टम, डइभर ताथ प्यासेन्जर सिटबेल्ट रिमान्डर आदि समेत रहेको छ । टियागो टाटा मोटर्सको पहिलो इम्प्याक्ट डिजाइन ल्याडग्वेजमा निर्माण भएको हो ।


Back_to_top