काठमाडौं । टेल्जी ब्राण्डको स्कुटर सोल्ड आउट भएको कम्पनीले बताएको छ । नेपाली बजारमा केहि दिनअघि सार्वजनिक भएको इलेक्ट्रीक स्कुटर शोरुममा ग्राहकको आर्कषण बढेको हो । यी स्कुटरको सार्वजनिक महाबीर पुन र कुलमानले गरेका थिए ।
कम्पनीले पहिलो चरणमा ल्याएको स्कुटर बिक्री भइसकेको बताएको छ । अब ग्राहकले बुकिङ गरेर १ महिना पछि मात्र स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
टेल्जी ब्राण्डका लायन र टाइगर नामक स्कुटर नेपाल भित्र्याएको थियो भने लियोपार्ड भित्र्याउने तयाीमा रहेको छ । अबको ३० दिनमा अर्को लट सामान भित्र्याउने तयारी भइरहेको कम्पनीका संचालक संजिब सिल्पकारले मेरोअटोलाई बताए ।
तातोपानि भन्सार आइपुगेको सामान पहिरोका कारण फेरि कलकत्ता बन्दरगाहा हुँदै ल्याउनु पर्ने भयो । अबको ३० दिनमा नयाँ स्कुटर नेपाल आइपुग्छ, सिल्पकारले भने ।

यो स्कुटर ‘योमा मा ई मोटर्स’ प्रालिले नेपाल ल्याएको हो । कम्पनीले यसको शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा राखेको छ ।
यी दुबै स्कुटरमा धेरै जसो फिचर समान रहेको कम्पनीले जनाएको छ । यी दुबै स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता ४० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यस्तै टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । यसको टप स्पीड क्षमता ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसका अलावा यी दुवै स्कुटरमा कि लेस स्टार्ट, डिस्क ब्रेक सिस्टम, टीएफटी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर जस्ता फिचर रहेका छन् ।
कम्पनीले मासिक किस्ता सुबिधा समेत उपलब्ध गराएको छ । नगदमा किन्न चाहने ग्राहकलाई केही समय बिशेष छुट प्रदान गर्ने संचालक सिल्पकारले जानकारी दिए ।

