काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले संचालन गरिरहेको फाइनान्स स्कीममा आर १५ एम किन्ने ग्राहकले मासिक ११ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् ।
यामाहा आर १५ एम किन्ने ग्राहकले १८ महिना, २४ महिना र ३० महिनाको मासिक किस्ता योजना छनोट गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम आफुलाई सहज हुने स्कीम छनोट गर्न पाउने छन् ।
यामाहा आर १५ एमको मूल्य ५ लाख ८७ हजार ८०० रुपैयाँ रहेको छ । यसको ५० प्रतिशतले हुन आउने २ लाख ९३ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । त्यसपछि बाँकी रकम गरेर १८ महिनामा तिर्नेगरी किन्दा मासिक किस्ता १७ हजार ११६ रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।
त्यसैगरी कम्पनीले २४ महिना अप्सन पनि ग्राहकलाई दिएको छ । यसमा पनि ५० प्रतिशत नै डाउन पेमेन्ट बुझाउनु पर्छ । दुई वर्षसम्म किस्ता तिर्नेगरी आर १५ एम किन्दा मासिक १३ हजार २९२ रुपैयाँ तिर्नु पर्ने हुन्छ । कम्पनीले ल्याएको स्कीममा सबैभन्दा धेरै अवधि ३० महिनाको हो । यसमा मोटरसाइकल किन्दा मासिक ११ हजार ११३ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यो योजनामा ग्राहकलाई १० देखि १२ प्रतिशतसम्म ब्याज लाग्ने कम्पनीले जनाएको छ ।
यस्तो छ मोटरसाइकल
आर १५ एममा १५५ सीसी लिक्विड कुल्ड भिभिए इन्जिन छ, जुन आर १५ भी फोरबाटै लिइएको हो । यसले १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यस ६ स्पीडको गियरबक्स उपलब्ध छ । कम्पनीले यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्वीक सिफ्टर र स्लीपर क्लचसमेत दिएको छ ।

यामाहाले आर १५ एमलाई डेल्टाबक्स फ्रेम र आल्मुनियम स्वीङ आर्मको प्रयोग गरेर बनाएको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक छ । त्यस्तै यसमा सुपर वाइड १४० एमएमको रेडियल टायर पाउन सकिन्छ ।
प्रिमियम फिचरका रुपमा चिनिने अगाडि दिइएको गोल्डेन कलर यूएसडी फर्क, रियरमा मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस, साइड स्ट्याण्ड इन्जिन कट सेन्सर, ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर जस्ता फिचर आर १५ एमको बलियो पक्ष हो ।

