काठमाडौं । यामाहाले ‘यामाहा एफजी राइड विथ रोडिज् टु लोमान्थाङ’ यात्रा रहेको राइडरहरुको टोली मुस्ताङको जोमसोम पुगेको छ । शनिबार काठमाडौंबाट हिँडेको टोली जोमसोमबाट लोमान्थाङ तर्फ लाग्ने छ ।
नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले सहभागिता जनाएका छन् । यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्ने छन् ।
राइडरहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमन दास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी छन् । यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लू इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गरेका हुन् ।
‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड विथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।
एफजीको टोलीमा भर्खरै नेपालमा सार्वजनिक भएको यामाहा एफजी एस एफआई भी३.० पनि सहभागी रहेको छ । यो फ्युल इन्जेक्सन प्रविधि र एबीएस भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

