यामाहाका स्कुटर किस्तामा किन्नेले व्याज तिर्नु नपर्ने

काठमाडौं । यामाहाले आफ्ना चर्चित स्कुटर फेसिनो र रे जेडआर किन्न चाहने ग्राहकलाई बिना व्याजदर किस्तामा किन्न सकिने अफर ल्याएको छ । कम्पनीले बिक्री गर्दै आएको स्कुटर किन्न चाहने ग्राहकले ४० देखि ५० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर बाँकी रकम बिना व्याजमा कर्जा लिएर खरिद गर्न सक्ने छन् ।

यामाहाको लागि नेपालको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना स्कुटरमा व्याज नलाग्ने अफर योजना ल्याएको हो ।

यामाहाका स्कुटर किन्न चाहने ग्राहकले यामाहाको आधिकारीक शोरुमबाट यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

अहिले कम्पनीले बिक्री वितरण गर्दै आएको फेसिनो र रे जेडआरका बिभिन्न भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले फेसिनो-यूएसबीको मूल्य २ लाख १२ हजार ९०० रुपैयाँ तोकेको छ भने रे जेड-यूएसबीको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी रे जेडआर डिस्कको मूल्य २ लाख १० हजार ९००, रे जेडआर ड्रमको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएको सबैभन्दा महंगो मोडलको मूल्य २ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top