काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्युले कार्तिक २७ गते कटारीमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको उक्त नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरुले बाइक छनौट गर्ने धेरै विकल्पहरु पाउनेछन् ।
शोरुमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री प्रियँका कार्कीबाट गरिएको थियो भनें साथमा अन्य अतिथिहरु जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीम कुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।
‘कटारीमा यामाहाको उच्च शृँखलाका मोटरबाइकहरु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरुमको संचालनसँगैं हाम्रा ग्राहकहरुलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं ।’ उक्त अवसरमा बिक्री प्रमुख, प्रकाश बाबु देवकोटाले भने ।
ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरककहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स ९सेल्स, सर्भिस र स्पेयर पार्टस्० का साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।
यामाहा मोटरसाइकलको उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक–अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन (एफआइ) र एबीएस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ ।