नेपाली यूवा इन्जिनियरले तयार गरेको मोटरसाइकल, विश्वको ध्यान खिच्ने तयारी

काठमाडौं । भोलि बिहीबार अर्थात् डिसेम्बर १९ नेपालको अटो क्षेत्रको लागि विल्कुलै नयाँ दिनको रुपमा आउने भएको छ । नेपाली युवाहरुको समूहले नेपालमा नै डिजाइन गरेर, नेपाली ब्राण्डको रुपमा पहिलो पटक इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यात्री डिजाईन स्टुडियोको नामबाट स्थापना भएको स्टार्टअप कम्पनीले नेपाली बजारमा नयाँ मोटरसाइकल ‘यात्री पी–०’ सार्वजनिक गर्ने तयारी गरेका हुन् । 

युवा इन्जिनियरहरुको समूहले नेपालमै पहिलो पटक इलेक्ट्रीक मोटरसाइकलको हरेक पार्टस डिजाइनपछि केही यहि उत्पादन गरेका हुन् भने केही बाहिर उत्पादन गराएर नेपाल ल्याएका हुन् । उनिहरुले डिजाइनको आधारमा यो उत्कृष्ट मोटरसाइकल हुने दाबी गरेका छन् ।

हेर्दा निकै आकर्षक यी मोटरसाइकल विश्व बजारमा चर्चा पाउने किसिमले निर्माण गरिएको निर्माण कम्पनीको दाबी रहेको छ । निकै प्रिमियम देखिने यी मोटरसाइकलको सम्पूर्ण जानकारी भोलि हामी दिने छौं ।   

यो पनि पढ्नुस्: पूर्ण रुपमा नेपालमा बनेको यात्री मोटरसाइकल ६ दिनपछि सार्वजनिक हुने


Back_to_top