अष्ट्रियन कम्पनी केटीएमले ३९० एडभेन्चर मोटरसाइकलको बुकिङ्ग खुल्ला भएसँगै नेपाली बजारमा कहिले आउाछ भन्ने चर्चा सुरु भएको छ । भारतमा यो मोटरसाइकल २० हजार भारु तिरेर बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।
केटीएम ड्यूक ३९० मा उपलब्ध ३७३ सीसी सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, फियुल इन्जेक्सन इन्जिन यसमा दिएको छ । जसले अधिकतम ४४ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ ।
सिल्पर क्लचसहित आउने यो मोटरसाइकलमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यो ड्यूक ३९० को तुलनामा करिब ९ किलोग्राम बढी तौल भएको हुनेछ । कम्पनीले यसमा ट्याक्सन कन्ट्रोल, अफरोड एबीएस जस्ता फिचर उपलब्ध गराएको छ । जसले खराव बाटोमा यसलाई सहजै ह्याडलिङ गर्न सकिने जनाइएको छ ।
कम्पनीले यसमा नयाँ सस्पेन्सन स्टेपको प्रयोग गरेको छ । अगाडि ४३ एमएमको यूएसडी फर्क र पछाडि एड्जस्टेवल मोनोसक दिइएको छ । कम्पनीले यसमा १९ इन्चको अलोय ह्वील अगाडि दिएको छ भने पछाडि १७ इन्चको अलोय ह्वील दिएको छ । यसअघि स्पोक ह्वील दिने अनुमान गरिएकोमा अब स्पोक ह्वीलमा केटीएम ३९० एडभेन्चर नआउने भएको हो ।

