काठमाडौं । क्लासिक लेजेन्डको उत्पादन येज्दी मोटरसाइकल नेपाल भित्रने भएको छ । नेपालमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नि मोटोइंकले येज्दी मोटरसाइकल भित्र्याउने भएको हो ।
कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडल मोटरसाइकल नेपाल भित्र्याउने तयारी गरेको हो । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरि तीन मोडलका मोटरसाइकल नेपाल भित्र्याउने भएको छ ।
यी तीन मोडलका मोटरसाइकल विभिन्न १६ कलर अप्सनमा उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ । कम्पनीले भित्र्याउने रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म रहेको छ ।
त्यस्तै, येज्दी स्क्रयाम्बलरको मूल्य ९ लाख ४८ हजार रुपैयाँदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी, येज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रपैयाँसम्म रहने कम्पनीले प्रकाशित मूल्यसूचीमा उल्लेख छ ।
कम्पनी स्रोतका अनुसार मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । सार्वजनिक हुदाँसम्म भने मोटरसाइकलको मूल्य केही फरक हुनसक्नेछ ।
येज्दीका सबै मोटरसाइकलमा ३३४ सीसी इन्जिन रहेको छ । महिन्द्रा ग्रुप अन्तर्गतको क्लासिक लेजेन्डले जावा, बीएसए र यज्दीका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
यस्ताे छ मूल्यसूची


