किन्ने हो नयाँ ब्राण्डको स्क्रयाम्वलर मोटरसाइकल ? यस्तो छ मूल्य

काठमाडौं । स्क्रयाम्वलर डिजाइनका मोटरसाइकल हेर्दा जति आकर्षक देखिन्छन्, चलाउन त्यति नै सहज पनि हुन्छ । विभिन्न कम्पनीले स्क्रयाम्वलर डिजाइनका मोटरसाइकल नेपाल ल्याएर विक्री गर्दै आएको भएपनि सफल मोडल कम नै भेटिन्छ ।

प्रिमियम मोटरसाइकल उत्पादकको रोजाईमा पर्ने स्क्रयाम्वलर डिजाइनमा यज्दी ब्राण्डको उत्पादन नेपालमा विक्री सुरु भएको छ । यज्दीको आधिकारीक विक्रेता अग्नी मोटोइंकले अघिल्लो साताबाट नेपालमा आफ्ना उत्पादन विक्री सुरु गरेको हो । अग्नीले यज्दीका एड्भेन्चर, क्रुजर र स्क्रयाम्वलर तीन मोडल विक्री सुरु गरेको हो ।

स्क्रयाम्वलर सेग्मेन्टमा नपाली बजारमा धेरै छनोट पाउने अवस्था छैन । चल्तीका ब्राण्डसँग अहिलेसम्म स्क्रयाम्वलर मोडल उपलब्ध छैन । यस्तो समयमा डुकाटीको झल्को दिने स्क्रयाम्वलर मोटरसाइकल यज्दीले नेपाल ल्याएको हो ।

स्क्रयाम्वलर भन्नाले स्ट्रीप डाउन भिन्टेज शैलीको पुरानो मोडललाई बुझाउँछ । स्क्रयावलर मोटरसाइकल अन रोड र अफ रोड दुवैका लागि उपयुक्त मानिन्छ । यसमा लामो ट्राभल सस्पेन्सन तथा हाई ग्राउन्ड क्लियरेन्स दिइएको हुन्छ । बिशेषत यस्ता मोटरसाइकलको सिट सिधा रहेका हुन्छ भने यसको ह्याण्डलबार केही माथि तीर गएको हुन्छ ।

यज्दी स्क्रयाम्वलर पुरानो शैलीमा निर्माण भएको मोडर्न फिचरसहितको मोटरसाइकल हो । यसमा ३३४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २८ बीएस पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा ४१ एमएम लामो टेलिस्कोपिक सस्पेन्सन र रियरमा ट्वीन सक एब्जर्भर एडजष्टएबल प्री लोलेड सस्पेन्सन पाउन सकिन्छ । यसको दुवै तर्फ फ्लोटिङ क्यालिपर डिस्क ब्रेक तथा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

अगाडि १९ इन्च र पछाडि १७ इन्चको अनरोड तथा अफरोड दुवैका लागि उपयुक्त टायर प्रयोग भएको स्क्रयाम्वलर मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ ।

अग्नी मोटोइंकले ९ लाख ४८ हजार रुपैयाँदेखि यज्दी स्क्रयाम्वलर मोडल उपलब्ध गराएको छ ।

 


Back_to_top