काठमाडौं । सीएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘दशैंं तिहार जिहो जिन्दगीको बहार’ अफर ल्याएको छ ।
कम्पनीले आफ्नो प्रिमियम टु-ह्विलर ईभी जीहो गरिद गर्ने ग्राहकका लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत ग्राहकले जिहो एई६ प्लस, एई४ र एई८ मोडलको नगद खरिद गर्दा ३० हजार रुपैयाँ नगद छुट पाउने छन् ।
त्यसैगरी, एक्सचेन्जमार्फत खरिद गर्दा २५ हजार थप मूल्यांकन, शून्य प्रतिशत फाइनानस सुविधा पाउने छन् । साथै, बम्पर उपहारमा एकजना भाग्यशाली बिजेताले बाली भ्रमणको अवसर पाउने कम्पनीले जनाएको छ ।
प्रिमियम ईभी ब्राण्डका रुपमा परिचित जीहो स्कुटरमा मोडल अनुसार फरक फरक विशेषता रहेका छन् । जसअनुसार, एई ६ प्लस मोडल अर्बान राइड कन्सेप्टमा आधारित स्कुटर हो भने एई४ फेमिली कन्सेप्टमा आधारित मोडल हो ।
द्रुत गतिमा हाक्न सकिने एई४ को पिक पावर १२ हजार ५०० वाट छ भने यसमा ४.४ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान गरिएको छ । यस स्कुटरमा लिक्विड कुल्ड मोटर, जिहो राइड एप, क्रुज कन्ट्रोल, रिभर्स गियर, स्लोप हिल असिस्ट र एन्टि थेप्टको साथै ब्रेम्बो ब्रेकिङ सिस्टम जडान गरिएको छ ।
बिक्रीपछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम संचलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

