‘जिकर ७-एक्स’ले तान्दै ग्राहक, ग्राउन्ड क्लियरेन्स २३० एमएम

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिकरको नयाँ उत्पादन ‘७-एक्स’ले निकै राम्रो बुकिङ पाएको छ । कम्पनीले चीनमा गाडी सार्वजनिक गर्नुअघि लगाएको प्रिसेल्समा २० हजार यूनिट बुकिङ भएको हो ।

‘एक साता भित्र २० हजार यूनिट कार बुकिङ भएको छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यहि २० तारिखबाट चिनियाँ बजारमा ग्राहकलाई हस्तान्त्रण सुरु गर्न लागेको कम्पनीले ३३ हजार ८५० अमेरिकी डलर मूल्य तोकेर बुकिङ लिएको हो ।

जिकरको एसइए प्लेटफर्ममा बनेको ७-एक्स मोडल निकै प्रिमियम फिचरले भरिपूर्ण रहेको छ । यसको लम्बाई ४८२५ एमएम, चौडाई १९३० एमएम र उचाई १६५६ एमएम रहेको छ । २९२५ एमएम लामो ह्वीलवेस भएको मोडलको सिधा प्रतिस्पर्धा टेस्ला मोडल वाईसँग हुनेछ । यसमा एयर सस्पेन्सन भएको कारण ग्राउन्ड क्लियरेन्स २३० एमएमसम्म बनाउन सकिन्छ ।

कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको जिकर ७-एक्समा १५.०५ इन्चको फ्लोटिङ इन्टरटेन्टमेन्ट सिस्टम र १३.०२ इन्चको इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । पछाडिको प्यासेन्जरको लागि पनि १३ इन्चको छुट्टै स्कृन उपलब्ध छ ।

जिकरले यसमा ७५ किलोवाट आवर र १०० किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । ५.५ सी चार्जिङ सपोर्ट गर्ने एसयूभीमा ३१० किलोवाटको रियर ह्वील मोटर पाउन सकिन्छ ।

यसको अल ह्वील भेरियन्टमा ४७५ किलोवाट क्षमताको मोटर दिइएको छ । यो एसयूभीको रेन्ज ६०० किलोमिटर माथि रहने बताइएको छ ।


Back_to_top