आफैँसँग प्रतिस्पर्धा सुरु गरेको जिकरः मूल्य, फिचर र साइजमा कस्तो ?

काठमाडौं । नाडा अटो शो सुरु हुनुभन्दा दुई दिनअघि काठमाडौं आइपुगेको जिकर एक्स धेरैले अटो शोमा अवलोकन गर्ने मौका पाए । नेपाली बजारमा एकपछि अर्को ब्राण्ड आएर प्रतिस्पर्धा गरिरहेको समयमा आफैँसँग प्रतिस्पर्धा गर्ने चुनौति लिएर जिकर ब्राण्ड प्रबेश गरेको हो ।

विश्वका २३ देशमा आफ्नो उत्पादन बिक्री गर्न थालेको जिकरले २४ औं देशको रुपमा नेपाल प्रबेश गरेको हो । जिकरको इतिहास लामो छैन तर, यसको माउ कम्पनी जिली होल्डिङ चिनियाँ अटोमोवाइल जाइन्ट भित्र पर्छ ।

सन् २०२३ बाट जिकर ब्राण्डमा कारहरु आउन थालेको हो । दुई वर्षभन्दा कम समयमा नै कम्पनीले ६ नयाँ मोडल तयार पारेर बजारमा उतारिसकेको छ । विश्वभर ३ लाख यूनिट इभी बिक्री गरिसकेकाे छ ।

नेपाली बजारमा हिजो सोमबार औपचारिक कार्यक्रम आयोजना गरेर कम्पनीले जिकर एक्स मोडलको बिक्री सुरु गरेको हो । कम्पनीले अटो शो मार्फत राम्रै संख्यामा बुकिङ पनि लिएको जनाएको छ ।

पृथक साइज, अविश्वसनिय फिचर र उत्कृष्ट पावरको कारण जिकर एक्सको प्रतिस्पर्धा आफैँसँग हुने देखिएको हो ।

‘नेपालमा प्रिमियम विद्युतीय गाडी सुलभ मूल्यमा उपलब्ध गराउन प्रतिवद्ध छौं । गाडी बिक्रीपछिको सेवाको लागि आवश्यक सबै प्रबन्ध भएको छ’, जिकरको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दिप सारडाले भने ।

फिचर र पावरको बलियो कम्बीनेशन

जिकर एक्स फिचर लोडेड कार हो । साथै यसको रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट छ । यसलाई निकै पावरफुल मान्न सकिन्छ । यसको अल ह्वील ड्राइभ भर्सनले ३.७ सेकेन्डमा सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सकिन्छ । यसको पीक टर्क ५१२ एनएम छ ।

जिकर एक्समा ६६ किलोवाट आवर लिथियम आयोन ब्याट्री दिएको छ । यसको रियर ह्वील ड्राइभ भर्सन ४४० र अल ह्वील ड्राइभ भर्सनले ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

यसको एक्सटेरियरमा प्रयोग भएको कटिङ एजहरुले लुक्सलाई मोर्डन र फ्यूचरिस्टीक बनाएको छ । साथै, डलब एज डे टाइम रनिङ लाइट, यूनिक र मोर्डन टेल सेक्सनले धेरैलाई आकर्षित गर्नेछ । यसको पछाडिको २२९ एलइडी लाइडको प्रयोग गरिएको छ ।

मिडसाइजमा सेग्मेन्टमा उपलब्ध जिकर एक्सको लम्बाई ४४५० एमएम लामो र १५७२ एमएम अग्लो कारमा २७५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको कम्पनीले जनाएको छ ।

निकै स्मार्ट हेडरेष्ट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध कारमा दुई कलरमा सजिएको ड्यासबोर्ड पाउन सकिन्छ । इन्टेलिजेन्ट ककपीट दिइएको कारमा यूनिक एम्बियन्ट लाइट पाउन सकिन्छ ।

कम्पनीले अल ह्वील ड्राइभ मोडलको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँ र रियर ह्वील ड्राइभको ८४ लाख ९९ हजार तोकिएको छ । नाडा अटो शोमा कम्पनीले दुबै मोडलमा ५/५ लाख रुपैयाँ छुट दिएको थियो ।


Back_to_top