काठमाडौं । जिकरले आफ्नो ००७ मोडलमा सेकेन्ड जेनेरेशन गोल्डन ब्रिक ब्याट्री प्याक प्रयोग गरेको छ । गोल्डन ब्याट्रीको प्रयोगसँगै जिकर-००७ ब्याट्री छिटो चार्ज हुने, तिब्र एक्सलेरेशन, अपग्रेडेड इन्टेलिजेन्ट ककपीट सहित बजारमा आएको हो ।
कम्पनीले यसमा ७५ किलोवाट आवर क्षमताको गोल्डन ब्रिक ब्याट्री प्रयोग गरेको छ । यो ब्याट्री टर्नरी लिथियम आयोन ब्याट्रीभन्दा तिब्र चार्जिङ क्षमता भएको दावी कम्पनीले गरेको हो । साथै, १०० किलोवाट आवरको ब्याट्रीमा पनि जिकर-००७ आएको छ । यो ब्याट्री भने सीएटीएलको क्यूलिङ ब्याट्री हो ।

फाइभ सी चार्जिङ स्पीड भएको गोल्डन ब्रिक ब्याट्रीलाई १० बाट ८० प्रतिशत चार्ज गर्न केबल १०.५ सेकेन्ड लाग्नेछ । जिकरका अनुसार यसको चार्जिङ क्षमता टर्नरी लिथियम आयोनभन्दा छिटो छ । गोल्डन ब्याट्री १००० डिग्री तातोमा पनि सुरक्षीत रहेको कम्पनीको दावी छ ।
जिकरले नेपाली बजारमा पनि प्रबेश गर्ने तयारी गरिरहेको छ । नाडा अटो शो २०२४ बाट नेपाली बजारमा प्रबेश गर्ने तयारी थालैको जिकरको पहिलो मोडलको रुपमा जिकर एक्स नेपाल आउँदैछ ।
पायोनीयर मोटोकर्पले नेपालमा आधिकारीक बिक्रेताको रुपमा ल्याउन लागेको जिकर एक्स टु ह्वील र फोर ह्वील ड्राइभमा उपलब्ध हुनेछ । नेपाली बजारमा ९० लाखदेखि १ करोड ६० लाखसम्म मूल्य कायम गरेर जिकर एक्सको बिक्री सुरु हुन लागेको हो ।

