नयाँ क्रेटाको ‘एसएक्स भेरियन्ट’ किन्दा कति पर्छ मासिक किस्ता ?

काठमाडौं । एसयूभी सेग्मेन्टमा लामो समयदेखि एकछत्र राज गरेको हुन्डाई क्रेटा अहिले भने ईभीको भिडमा केही स्लो भएको छ । नहोस् पनि किन, क्रेटामा भन्दा धेरै फिचर भएका एसयूभीहरु अहिले ५० लाखबाटै पाइन्छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटाको फेसलिफ्ट मोडल केही दिन अगाडि मात्रै बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री विभिन्न ७ भेरियन्टमा क्रेटा बिक्री गर्ने जानकारी सहित मूल्यसूची प्रकाशित गरेको थियो ।

कम्पनी स्रोतका अनुसार क्रेटाको बिक्रीमा सबैभन्दा धेरै एसएक्स भेरियन्टको भूमिका रहँदै आएको छ । त्यहि आधारमा नयाँ क्रेटा एसएक्स अहिले किन्दा कति मासिक किस्ता तिर्नु पर्ला भन्ने धेरैको चासो रहेको पाइन्छ । त्यहि चासो सम्बोधन गर्न हामीले यहाँ क्रेटा एसएक्स भेरियन्टको मासिक किस्ताको बारेमा चर्चा गरेका छौं ।

त्यसको लागि सबैभन्दा पहिला गाडीको मूल्य हेर्नु पर्ने हुन्छ । क्रेटा एसएक्स पेट्रोल भर्सनको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ रहेको छ । यदि, तपाई ब्यक्तिको नाममा गाडी किन्दै हुनुहुन्छ भने तपाईले मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्छ । होइन, कम्पनीको नाममा किन्ने हो भने ७० प्रतिशतसम्म फाइनान्स सुविधा पाउन सकिन्छ ।

ब्यक्तिको नाममा किन्दा

कुनै पनि ब्यक्तिले नयाँ क्रेटा एसएक्स किन्दा मूल्यको ५० प्रतिशतले हुन आउने ३५ लाख ९८ हजार रुपैयाँ डाउन पेमेन्ट चाहिन्छ । त्यतिनै रकम ३५ लाख ९८ हजार रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर गाडी किन्न सकिन्छ ।

पुरा मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अहिले बैंकहरुले बेसरेटमा एक प्रतिशत प्रिमियम तिरेर गाडी कर्जा दिइरहेको कारण ९ प्रतिशत ब्याजदर भित्रै रहेर कर्जा सुविधा लिन सकिन्छ । यसरी लिइएको कर्जा ७ वर्ष भित्र भुक्तान गर्दा मासिक ५७ हजार ९०० रुपैयाँ हाराहारी मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

कम्पनीको हकमा

यदि, तपाई आफ्नो कम्पनीको नाममा क्रेटा किन्दै हुनुहुन्छ भने तपाईले मूल्यको ७० प्रतिशतसम्म कर्जा सुविधा पाउन सक्नु हुन्छ । डाउन पेमेन्ट वापत २१ लाख ५८ हजार ८०० रुपैयाँ बुझाउँदा पुग्छ ।

पुरा मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

डाउन पेमेन्ट थोरै भएसँगै मासिक किस्ता भने धेरै हुन आउँछ । कम्पनीको नाममा पनि ब्यक्तिको जस्तै ब्याजदर र समय अवधि राखेर लिँदा ७ वर्षसम्म मासिक ८१ हजार रुपैयाँ हाराहारी तिर्नु पर्ने हुन्छ ।


Back_to_top