गल्फ लुब्रिकेन्टको ३ उच्चस्तरीय शोरुम सँचालन

काठमाडाैं ।  नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको  विश्व प्रख्यात र सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्ट का उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेड हो । नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नया शोरुम उदघाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यी नयाँ शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ।

सो शोरुमहरको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका थिए । समारोहमा बोल्दै चौधरीले भने,’गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट प्रफर्मेन्स र क्वालीटीका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको हो।’

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार,’नयाँ उच्चस्तरीय शोरुमहरुबाट हामीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्द गराउने छौ र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्नपाउने छन् । गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दैछौँ जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नेछन् ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।


Back_to_top