काठमाडौं । बजाज पल्सर १२५ को एफआई भर्सन सार्वजनिक भएको छ । कम्पनीले पुरानै मूल्यमा पल्सर १२५ को बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ लाख ५९ हजार ९०० रुपैयाँमा सार्वजनिक गरेको हो ।
बजाज पल्सर १२५ मा १२४.४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ११.६४ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
यसमा सिंगलपड हेडल्याम्प, मस्कुलर फ्युल ट्याङक, स्प्लिट ग्रयाबरेल, सेमिडिजिटल क्लस्टर लाई पुरानो भर्सनबाट नै लिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डुअल सक सस्पेन्सनलाई निरन्तरता दिइएको छ । त्यस्तै, यसका २४० एमएमको सिंगल डिस्क ब्रेक उपलब्ध छ भने रियरमा ड्रम ब्रेक दिइएको छ ।


