होन्डाले दर्ता गर्‍यो नयाँ मोटरसाइकलको प्याटेन्ट

सांकेतिक तस्बिर

काठमाडौं । होन्डाले स्क्रयाम्ब्लर डिजाइनमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भारतीय बजारमा ३५० सीसी सेगमेन्टमा नयाँ स्क्रयाम्ब्लर मोटरसाइकल ल्याउने भएको हो ।

होन्डाले ल्याउन लागेको नयाँ मोटरसाइकलको पेटेन्ट डिजाइन लिक भएसँगै नयाँ मोटरसाइकल आउन लागेको खबर भारतीय मिडिया छाएको हो ।

स्क्रयाब्ब्लर डिजाइनमा आधारित नयाँ मोटरसाइकलमा फराकिलो ह्यान्डलबार, बकेट राइडर सीट, राउन्ड सेपको हेड्ल्याम्प, अलोय ह्वील, अपस्वेप्ट एग्जस्ट, मेटल फ्रेमसहितको इन्धन ट्याङ्की र पुरा एलइडी लाइट सेटअप हुनेछ ।

त्यस्तै, आरामदायी यात्राका लागि यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ट्वीन सक अब्जर्बार दिइने छ भने, डुवल डिस्क ब्रेकसँगै ड्यूलच्यानल एबीएस यसमा हुनेछ ।

त्यसैगरी, नयाँ स्क्रयाम ३५० मा ३४८.३६ सीसीको इन्जिन दिइने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम २१ ब्रेकहर्स पावर र ३० एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइने छ ।


Back_to_top