जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा बाबा अटोमाटा ट्रेडिङ्ग प्रालि र सहयोगि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रालिको तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले विक्री गर्ने तीन चक्के टेम्पुलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । यही कर्जाको लागि ग्राहकहरुले घर जग्गासमेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने उल्लेख छ ।
उक्त कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनु पर्ने उल्लेख गरिएको छ ।
कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंक डेलिभरी अर्डर जारी गर्नेछ ।
उक्त सम्झौता २०७७-०९-३० सम्म लागू हुने बिज्ञप्तीम उल्लेख छ ।

