आयो यामाहाको नयाँ बाइक XSR-155, यस्तो पावर

यामाहाले आफ्नो पछिल्लो उत्पादन एक्सएसआर १५५ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले उक्त मोटरसाइकल थाइल्याण्डमा सार्वजनिक गरेको हो । 

उक्त बाइकको मूल्य थाइल्याण्डमा करिब ३ लाख २० हजार रुपैयाँ तोकिएको छ । विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि उक्त मोटरसाइकलको बिक्री वितरण गर्नेछ । 

हाम्रो जस्तो दक्षिण एसियाली बजारमा यामाहाले यो मोटरसाइकललाई प्राथमिकता दिएर बेच्न सक्ने अनुमान गरिएको छ । 

नयाँ एक्सएसआर १५५ मोटरसाइकल यामाहाको वाइजेडएफ–आर १५ भी३ प्लेटफर्ममा आधारित रहेको छ ।

कम्पनीले यही वेसमा पहिल्यै एमटी–१५ स्ट्रीट फाइटरको डिजाइन गरिसकेको छ । थाइल्याण्डको स्पेसिफिकेसन भएको एमटी १५ बाट नयाँ एक्सएसआर १५५ को लागि चेसिस, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोक, रियर मोनोशक, इन्जिन र केही कम्पोनेन्ट्स लिइएको छ । 

यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । १५५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान भएको बाइकले १९ बीएच पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिड गियरबक्स दिइएको छ । 

ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लचले बाइकलाई प्रिमियम बनाएको छ । 


Back_to_top