रेनोका कार किन्दा ५ लाखसम्म छुट, कुन भेरियन्टको कति मूल्य (सूचीसहित)

काठमाडौं । रेनोले भोलिबाट सुरु हुने नाडा अटो शो र नजिकिदै आएको दशैं–तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै ‘शुभदिन ६’ अफर योजना ल्याएको छ । उक्त योजनामा गाडी किन्ने ग्राहकले ५ लाखसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।

रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले उक्त अफर योजना अगाडि ल्याएको हो । कम्पनीले यस अफरमा गाडी किन्ने ग्राहकलाई नगद छुटको साथ लोयलटी बोनस, निःशुल्क बीमा, निःशुल्क एसोसोरिज, एक्स्चेन्ज बोनस र ५ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

कम्पनीले बजारमा रेनो क्वीड, रेनो डस्टर, रेनो क्याप्चर र रेनो लोजीको बिक्री वितरण गर्दै आएको छ । अहिले रेनोका कार खरिदगर्न चाहने ग्राहकले ४ मोडलका २६ भेरियन्ट खरिद गर्न सक्ने छन् । 

यस्तो छ मूल्यसूची



Back_to_top