काठमाडाैं । टाटा मोटर्सले नेपाली बजारमा २१ लाख ५५ हजारदेखि ७३ लाख ९९ हजार रुपैयाँसम्मका प्यासेन्जर कार बिक्री गर्दै आएको छ ।
टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको टाटाका प्यासेन्जर कार निकै राम्रो व्यापर गर्दै आएको छ ।
कम्पनीले ल्याएको पछिल्लो उत्पादन टिगोर, टियागो, नेक्सन, एनआरजी र एच५ नेपाली बजारमा निकै चर्चित बन्दै गएको छ ।
यस्तोमा कम्पनीले नेपाली बजारमा बिभिन्न ७ मोडलका ३८ भेरियन्ट बिक्री वितरण गर्दै आएको छ । तलको टेवलमा एच ५ को ४ भेरियन्टको मूल्य समावेस छैन ।
नेपाली परम्पराअनुसार चाडपर्वमा नयाँ बस्तु खरिद गर्ने चलन अनुसार पैसा हुनेले सवारीसाधन किन्ने गरेका छन् । यस्तोमा गाडी छनोटको लागि सहज होस् भन्ने उद्देश्यले हामीले यो रिपोर्ट तयार पारेका छौं ।
आफ्नो उत्पादनको चर्चित मोडल नेक्सनलाई कम्पनीले १३ भेरियन्टमा बिक्री गर्दै आएको छ । नेक्सनको पेट्रोल भेरियन्टको नेक्सन एक्सईको मूल्य ३५ लाख ५५ हजार रुपैयाा रहेको छ, भने नेक्सन एक्सजेडए प्लस डिजेल भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले टाटा सुमो ४वाइ४ लाई एम्बुलेन्सको रुपमा बिक्री वितरण गरिरहेको छ । जसको मूल्य ४१ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
ल्याण्ड रोभर डिस्कभरीको प्ल्याटफर्ममा निर्माण भएको एच५ नेपाली बजारमा ल्याएको छ । नाडा अटो शो २०१९ मा सार्वजनिक भएको यो एसयूभी निकै उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ ।
माथीको टेवलमा एच ५ को मूल्यसूची नभएकाले यहाँ उल्लेख गरिएको छ । कम्पनीको पछिल्लो उत्पादन एच५ को एक्सइ भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ६४ लाख ५५ हजार , एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।


