पल्सर सिरिजमा थपियाे नयाँ मोडल, यस्तो हुने छ मूल्य

बजाजले  पल्सर सिरिजमा सबैभन्दा कान्छो पल्सर १२५ नियोन गत महिना भारतीय बजारमा सार्वजनिक गरेको थियो । बजाजले भारतीय बजारमा १२५ सीसीमा अर्को नयाँ मोडलमा नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ ।

काल्सीक १२५ मोडलमा आउने यो मोटरसाइकल नियोन १२५ भन्दा नयाँ अवतारमा आएको छ । 

पल्सर १२५ क्लासीकमा नयाँ ग्राफिक तथा नयाँ स्प्लिट सिट रहेको छ । 

पल्सर १२५ क्लासीक को मूल्य पल्सर १२५ नियोन भन्दा ३ देखि ५ हजार धेरै हुने अनुमान गरिएको छ । पल्सर १२५ नियोनको मूल्य ६४ हजार भारतीय रुपैयाँ एक्स सोरुम प्राइस रहेको छ । 

नयाँ पल्सर १२५ क्लासीकमा १२५ नियोनमा रहेको १२४ सीसी इन्जिन जडान गरिएको छ । यो इन्जिनले ८ हजार ५ सय आरपीएममा १२ पीएसको पावर र ६ हजार ५ सय आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसको फन्टमा डिस्क र रियरमा ड्रममा ब्रेक रहेको छ । ५ स्पीडको गियरबक्स रहेको छ । यसमा ११ लिटर फ्यूल ट्याङक रहेको छ भने १७ इन्चको अलाय ह्वील दिइएको छ । 


Back_to_top