अगाडि दुई पाङ्ग्रा भएको यामाहाको स्कुटर सार्वजनिक

यामाहाले २०१८ मा सार्वजनिक गरेको थ्रीसीटी स्कुटरको प्रोटोटाईपमा आधारित रहेर उत्पादन गरेको नयाँ तीन पाङ्ग्रे स्कुटर ‘ट्रिसिटी’ सार्वजनिक गरेको छ । 

कम्पनीले जापानको टोकियोमा सुरु भएको ६४ औँ टोकियो मोटर शो २०१९ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।

यामाहा एक्सम्याक्स ३०० मा आधारित ब्ल्यूकोर इन्जिन दिइएको यो स्कुटरमा २९२ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले २७ बीएच पावर प्रदान गर्ने जनाइएको छ । 

स्कुटरको अगाडि दुई चक्का प्रयोग गरिएको छ भने पछाडि एउटामा चक्का प्रयोग गरिएको छ । यसमा दिइएको टिल्ट लक एसिस्टेन्ट सिस्टम, डिस्क ब्रेक, क्रुज कन्ट्रोल, एबीएस जस्ता फिचरले स्कुटरलाई निकै सुरक्षीत बनाएको कम्पनीले दाबी गरेको छ ।   


Back_to_top