यस्तो छ ६ महिना भित्र सार्वजनिक हुने बजाज पल्सर २५०

बजाजले पल्सर सिरिजमा नयाँ मोडल थप गर्ने भएको छ । कम्पनीले पल्सर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा पल्सर २५० बजारमा उतार्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

केटीएम र हस्कभर्ना जस्ता कम्पनीसँगको सहकार्यमा मोटरसाइकल उत्पादन गर्दै आएको बजाजको पल्सर निकै चर्चामा रहने मोडल हो । केही महिनाअघि पल्सर सिरिजकै सबैभन्दा सस्तो मोडल पल्सर १२५ बजारमा ल्याएको कम्पनीले अब भने सबैभन्दा महंगो पल्सर २५० ल्याउन लागेको हो । 

कम्पनीले यसमा केटीएम ड्यूक २५० मा दिइएको इन्जिनलाई आधार बनाएर तयार गरेको २४८ सीसी, सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिन दिने भएको छ । ६ स्पीड गियर बक्सको साथ आउने उक्त इन्जिनले अधिकतम पावर ३० बीएच र २४ एनएम टर्क प्रदान गर्नेछ ।

उक्त इन्जिनमा बजाजले थुप्रै रि–ट्यून गरेकाले यसको माइलेज ड्यूकको तुलनामा निकै उत्कृष्ट रहने जनाइएको छ । आफ्नो पल्सर एनएस २०० बाट प्रभावित यो मोटरसाइकल निकै मोडर्न डिजाइनमा तयार हुने भएको छ । 

फुल एलइडी हेडल्याम्प, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र एलइडी हेडल्याम्प जस्ता फिचरले पल्सर २५० निकै स्टाइलिस मोटरसाइकल बन्ने अनुमान रहेको छ ।

मोटरसाइकलको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक सस्पेन्सन सेटअपले आरामदायी यात्रामा सहयोग गर्छ भने दुबै चक्कामा दिइने डिस्क ब्रेकले ब्रेकिङलाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ । सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले डियुल च्यानल स्टायडर्ड एबीएस दिएको छ ।  

यो मोटरसाइकल बजाज ६ महिना भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।


Back_to_top