हुन्डाईले आफ्नो चर्चित एजुकेटीभ सेडान कार भर्नाको फेसलिफ्ट मोडल चीनको बेजिङमा सार्वजनिक गरेको छ । गत सेप्टेम्बरमा आयोजित २०१९ चेन्दु मोटर शोमा डेभ्यु भएको यो मोडल बेइजिङमा हिजो ३० तारिखमा सार्वजनिक भएको हो ।
कम्पनीले यसलाई २०२० मा भारतीय बजारमा सार्वजनिक गर्ने जनाएको छ । भारतीय बजारमा सार्वजनिक भएको केही महिना पछि यसलाई नेपाली बजारमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।
अहिले भर्ना नेपाली बजार बिक्री वितरण भइरहेको मोडल हो । सोही कारण नयाँ मोडल भर्ना पनि नेपाली बजारमा आउने सहजै अनुमान गर्न सकिन्छ ।
बोल्ड स्टाइल र स्पोर्टी लुक्समा बजारमा आएको यो मोडल अग्रेशिप डिजाइनको कारण निकै चर्चामा रहेको छ । यसमा कम्पनीले ठूलो रेडिएटर ग्रिलसँगै थिकर क्रोम स्लट, लामो सार्पर हेडल्याम्प, रिडिजाइन फ्रन्ट बम्पर, स्पोट ट्रियाङ्गुलर हाउजिङ, क्रोम गार्निशको विशेषता दिइएको छ ।
नयाँ डिजाइनको मेशिन कट अलोय ह्वील, रियरमा टेलल्याम्प, कनेक्टेड रेड स्ट्राइप, रियर बम्परमा उपलब्ध प्रिमियम लुक्सको सिल्भर गार्निश र फक्स एयर भेन्टले कारलाई स्पोर्टी लुक्स प्रदान गरेको छ ।
रेगुलर मोडलको तुलनामा भर्नाको नयाँ संस्करणको क्याबिनलाई निक्कै परिवर्तन गरिएको छ । यसमा नयाँ स्टेयरिङ ह्वील, ड्याशबोर्ड ले-आउट, नयाँ फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फ्लोटिङ टाइप टचस्क्रृन इन्फोटेनमेन्टको विशेषता दिइएको छ ।
यसमा उपलब्ध १.५ लिटर पेट्रोल र डिजेल इन्जिनले आकर्षक आउटपुट दिने कम्पनीको दाबी छ । यसको इन्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स जोडिएको छ ।

