सुजुकी मोटर्सले २०१९ टोकियो मोटर शोमा ‘वाकु एसपीओ’ अवधारणा सार्वजनिक गर्याे । अक्टोबर २४ बाट नोभेम्बर ४ तारिखसम्म आयोजना हुने यस मोटर शोमा विभिन्न अटोमोबाइल्स कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गर्नुका साथै नयाँ अवधारणा सार्वजनिक गरिरहेका छन् ।
यसैबीच, जापानी अटो उत्पादक कम्पनी सुजुकीले प्रस्तुत गरेको यस अवधारणाले अटो उत्पादक क्षेत्रमा नयाँ टेक्नोलोजी भित्रने विश्वास लिइएको छ । कम्पनीका अनुसार, यस अवधारणाले कारको मिरर भ्यु क्यामरालाई नयाँ लुक दिने छ भने, उत्पादित कारमा आधुनिक विशेषता समेटिने छन् ।
चर्चामा रहेको ‘वाकु एसपीओ’ अवधारणा भित्र कस्ता–कस्ता पक्ष समेटिएका छन् त भन्ने विषयमा जानकारी दिने हामीले प्रयास गरेका छौं ।
ह्याचव्याक सेग्मेन्ट
यो अवधारणाको आधारमा बन्ने कारहरु ह्याचब्याक सेग्मेन्टका मिनी कार हुनेछन् । यस अवधारणा भित्र इलेक्ट्रीक कार उत्पाद हुन्छ वा हुँदैन भन्ने विषयमा कम्पनीले कुनै किसिमको जानकारी दिएको छैन ।
‘वाकु एसपीओ’ अवधारणामा निर्माण हुने कारमा विभिन्न आधुनिक विशेषतासँगै आकर्षक पावरट्रेन दिइने कम्पनीले जनाएको छ ।
संम्भावित उत्पादन
कम्पनी स्वयंमले भने ‘वाकु एसपीओ’ अवधारणाका कार उत्पादन गर्ने योजना बनाएको छैन । तर, यो अवधारणालाई अन्य कम्पनीले समेत प्रेरणाको रुपमा प्रयोग गर्न सक्ने बताइएको छ । त्यसैले अहिले अन्तर्राष्ट्रिय अटो बजारमा यसले बढी चर्चा पाएको हो ।
टोकियो मोटर शो २०१८ मा सार्वजनिक भएको ‘हमारा कन्सेप्ट’ र अहिले सार्वजनिक भएको ‘वाकु एसपीओ’ अवधारणा बीच निकै समानता रहेको जनाइएको छ । हाल, कम्पनीले ‘हमारा’ अवधारणाका कार निर्माण गर्दै आएको छ ।
एक्सटेरियर
यस अवधारणामा निर्माण हुने ह्याचब्याक कारमा फेन्डर माउन्टेड रियर भ्यु क्यामरा लगाइने छ । चर्चित ह्याचब्याक कार ग्लोरी ६० एस र ७० एसमा यहि अवधारणामा समावेश फिचर प्रदान गरिएको अनुमान छ ।
यी कारको फ्रन्ट साइड र रियर साइडमा नयाँ एलइडी लाइट लगाइने छ भने फोल्डेबल रियर रुफ दिइने छ । यसरी, उत्पादन हुने कारको एक्सटेरियरमा सुजुकीले भविष्यमा निर्माण गर्ने कारमै समावेश विशेषता समेट्ने अनुमान गरिएको छ ।

इन्टेरियर
आधुनिक डिजाइनमा तयार हुने यी कारको इन्टेरियरमा हाइलाइटेड ड्याशबोर्ड र लार्ज टचस्क्रिन डिस्प्ले लगाइने छ । यो डिस्प्ले ड्राइभर सिटदेखि फ्रन्ट प्यासेन्जर सिटसम्म फैलने कम्पनीले जनाएको छ ।
कारमा कट आउट स्पोर्टी स्टेयरिंग ह्वील र सफ्ट टच प्यानलसँगै सेन्टर कन्सोल रहने छ । यसको डोरमा बटन, गियर लिभरमा म्यानुयल नोबको विशेषता दिइने छ । आकर्षक पावरट्रेन सहित आउने ह्याचब्याक कारमा अटोनोमस ड्राइभिङ सिस्टम जडान हुनेछ ।

