काठमाडौं । मोटरहेड कम्पनीको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नेपाली बजारमा मोटरहेड ब्रान्डका विभिन्न बाइक बिक्री गर्दै आएको छ । केही वर्ष अगाडिदेखि नेपाली बजारमा बिक्री भइरहेको मोटरहेडले हाल, यो ब्रान्डका सात मोडल बिक्री गर्दै आएको छ ।
नेपालमा बिक्री गर्दै आएका बाइक मध्ये ब्ल्यु/ब्ल्याक एमएच १५०लाई सबैभन्दा सस्तो मूल्यको डर्ट बाइकको रुपमा लिइन्छ । यो नेपालमा बिक्री हुने मध्यकै सबैभन्दा सस्तो मोटरसाइकल हो ।
१५० सीसी सेग्मेन्ट अन्तर्गत नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको यो बाइक २ लाख ६८ हजार रुपैयाँमा किन्न चाहनेले नोभेम्बर ११ मा दराजबाट किन्न सक्ने छन् ।
त्यसपछिको नियमित समयमा यसको मूल्य २ लाख ७८ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । यो बाइक नेपालमा एक वर्ष अगाडि सार्वजनिक भएको हो ।
यस बाइकमा उपलब्ध जङसेन एयरकुल्ड इन्जिनले आकर्षक पावरट्रेन प्रदान गर्छ । इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ भने, फ्रन्ट र रियरमा १७ इन्चको ह्वील दिइएको छ ।
यस बाइकमा हेडलाइट, एलइडी सिंग्नल लाइट, टेललाइट, स्टार्डड रियर भ्यु, प्लास्टिक सेलको विशेषता दिइएको छ । यसको फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम बेक लगाइएको छ ।
८ लिटर क्षमताको फ्युल ट्यांकी दिइएको बाइकमा युएसबी चार्जर सुविधासमेत उपलब्ध रहेको छ । बाइकको ग्राउन्ड क्लियरेन्स ३२० एमएम रहेको छ ।
कम्पनीका अनुसार यो बाइकले राम्रो बजार पाइरहेको छ । समय समयमा प्रदान गरिने स्किममा कारण बाइक किन्नेको संख्या बढ्दै गएको कम्पनीले जनाएको छ ।
यो बाइक किन्न चाहनेले ३० देखि ४० प्रतिशत डाउनपेमेन्ट गरेर अरु कर्जा सुविधामा किन्न सक्ने छन् ।

