काठमाडौं । भारतीय बजारको साथसाथै नेपाली बजारमा समेत टाटाको बेस्ट सेलिङ र चर्चित कम्प्याक्ट एसयूभी नेक्सनलाई सुरक्षा टेष्टमा ग्लोवल एनक्यापले फेरि ५ स्टार रेटिङ दिएको छ । एनक्यापले गत बर्षसमेत यो कारलाई सुरक्षा परिक्षणमा ५ स्टार रेटिङ गरेको थियो । यो टाटाको कारले गरेको एकदमै राम्रो मध्यको एक प्रदर्शन हो भने भारतीय कम्पनीले बनाएको सबैभन्दा सुरक्षीत कार हो ।
ग्लोवल एनक्यापले दिएको रिपोर्ट अनुसार यो कारमा भएको सुरक्षालाई ५ स्टार रेटिङ दिइएको छ । यस टेष्टको रिजलटसँगै टाटाका पेसेन्जर भेइकल युनिटका प्रेसिडेन्ट मयंक पारेकले नेक्सन भारतमा बिक्री भइरहेका कम्प्याक्ट एसयूभी मध्ये सबैभन्दा सुरक्षीत रहेको प्रतिक्रिया दिए ।
टेष्ट रिपोर्टको अनुसार टाटा नेक्सन दुर्घटनाको समयमा अगाडि सिटमा बस्ने पेसेन्जर र ड्राइभरको टाउको, छाति र गर्दन सुरक्षित रहने देखिएको छ । कम्पनीले सुरक्षाको दृष्टिकोणबाट कारमा ड्यूल एयर ब्याग, एबीएस र ईबीडी स्टायडर्ड फिचरको रुपमा दिइएको छ ।
यस्तो छ नेक्सन
नेक्सनको आंशिक डिजाइन ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।
टाटा नेक्सन कारमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इञ्जिनमा उपलब्ध रहेको छ । यस कारमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोईड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ ।
कारका अन्य फिचरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ ।


