आरएमके भेइकल कर्पोरेशनले इटलीको मिलानमा आयोजना भएको १९ औं EICMA इन्टरनेशनल मोटरसाइकल शोमा हबलेस इलेक्ट्रीक रोडस्टर ‘भर्ज’ सार्वजनिक गरेर इलेक्ट्रीक मोटरसाइकलमा आफ्नो खोज नविनतम रहेको पुष्टी गरेको छ ।
भर्जको यो मोडललाई कम्पनीले टीएस नामाकरण गरेको छ । कम्पनीले यो मोटरसाइकलमा निकै पावरफुल इन्जिन दिएको छ । सामान्यतया १३०० सीसी क्षमताको इन्जिन भएको गाडीले दिनेजति पावर यो मोटरसाइकलले प्रदान गर्नेछ । उदारणको लागि नेपाली बजारमा निकै चर्चामा रहेको मारुती सुजुकी भिटारा ब्रेजालेभन्दा यो मोटरसाइकलले बढी पावर र टर्क प्रदान गर्छ ।
उक्त मोटरले १०७ बीएच पावर प्रदान गर्नेछ भने यसको टर्क १००० एनएम रहेको छ । यसले हाइवेमा २०० किलोमिटर रेञ्ज प्रदान गर्छ भने सहरमा ३०० किलोमिटर रेञ्ज दिने कम्पनीले दाबी गरेको छ ।
भर्ज टीएसमा आरामदायी यात्राको लागि पछाडि ओलिन मोनोसक दिइएको छ । यसमा अनौठो तरिकाले इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यसमा दिइएको व्याट्रीलाई २ देखि ३ घण्टामा फुलचार्ज गर्न सकिने छ । कम्पनीले यसको मूल्य २७ हजार ७१३ अमेरिकी डलर तोकेको छ ।

