दशैं सकिएर अफिस सुरु भएको थियो, मन भने दशैकै मुडमा थियो । एक्कासी गोजीको मोवाईल बज्यो, फोन उठाँए उताबाट थिए महिन्द्राका सफल सुवेदी । सामान्य कुराकानीपछि उनले महिन्द्रा एडभेन्चरको अथेन्टीक मुस्ताङ्गका लागि तिहार लगत्तै तयार रहन भने ।
पहिलानै यो विषयमा कुराकानी भइसकेकोले सहजै लिए र यो अवसरको लागि उनलाई धन्यबाद भने ।
हुनत नेपालका धेरै पहाडी क्षेत्रमा ट्रेकिङ्ग गरेको अनुभव थियो मसँग, मुस्ताङ्गको मुक्तिनाथ सम्मत बेनीबाट हिडेरै पुगिएको थियो । तरपनि मेरालागि यो यात्रा अलि फरक थियो । यस यात्रामा आरामले गाडीको सिटमा सिटबेल्ट बाँधेर साइटसिन गर्दै जाने थिएन ।
यो यात्रामा त महिन्द्राको स्कर्पियो तथा थारजस्ता गाडी आफैँले ड्राईभ गरेर अपर मुस्ताङ्गको अफरोडमा सुरक्षीत पुग्नु थियो ।
जाने एकिन भएपछि तत्कालै महिन्द्रा एड्भेन्चरको पेज खोले र हेन्र्न थाले के रहेछ त आइटेनरी । अथेन्टीक मुस्ताङ्गका लागि १२ दिनको सेड्युल रहेको थियो । नोभेम्बर १ तारिकमा सुरु हुने यो एक्पिडिसन १२ तारिकमा सकिने त्यहाँ जानकारी थियो ।
अहो १२ दिन लामो, हामी त ६/७ दिनमा आराम यत्तिको यात्रा सक्छौं मनमनै सोच्दै फेरी सेड्युल हेरे । हाम्रा लागि १० दिन मात्रै रहेछ । भारत वा अन्य मुलुकबाट सहभागि हुनेहरुका लागि काठमाडौं हिड्ने र काठमाडौंबाट फर्कने दिन समेत जोडेर १२ बनाइएको हुन्छ ।
…………………………..
रमाइलोसँग तिहार मनाइयो । तिहारको टिकाको भोलिपल्टपनि बिदा परेकोले विहिवार आवश्यक सामग्री खरिद तथा तैयारीका लागि खर्च गरियो । शुक्रबार ओरेन्टेसनमा सहभागि हुनु थियो ।
…………………………..
ट्राभल गर्दा कम सामान बोक्ने मेरो सिद्धान्त हो । धेरै ट्राभल गर्ने भएर होकि किनहो मलाई प्याकिङ्गमा धेरै समय लाग्दैन । तर, यो यात्रामा गर्मीदेखि असाध्यै जाडोसम्मको अनुभव गर्नुपर्ने भएकोले लगेज ठूलै भयो ।
अनि आफ्नो क्यामरा र ल्यापटप पनि बोक्ने निर्णय गरे । फुर्सतको समय उपभोग गर्नुपर्छ भनेर ल्यापटपमा केही सिरिज र मुभिहरु पनि कपि गरियो ।
ओरेन्टेसनको समय २ बजे हुनेछ भनेर अग्नी ग्रुपकी गंगा प्रधान्नाङ्गको फोन आएको थियो ।
केही दिन अघिनै अथेन्टीक मुस्ताङ्गको नाममा ह्वाट्याप ग्रुप बनाएर मलाईपनि सामेल गराईएको थियो । उक्त ग्रुपमा सबै सहभागिहरुले आफ्नो परिचय दिदै आएका थिए ।
ह्वाट्सयापमै २ बजेको कार्यक्रम ३ः३० का लागि सरेको खबर पाएको थिए । निर्धारीत समयभन्दा ३० मिनेट ढिला कार्यक्रम स्थलमा पुग्दापनि सुरु भएको थिएन । त्यसको मुख्यकारण बाहिरबाट आउनु पर्ने साथीहरु नआइपुगेर थियो ।
हलमा छिर्ने वित्तिकै यो एक्पिडिसन संचालगर्ने कम्पनी डब्लुबीबीका संचालकले दुईवटा फर्म अथवा भनौ करार पत्रमा हस्ताक्षर गराउन लगाए । त्यसपछि मेडिकल क्लिअरेन्स खोइ भनि मागे । झल्यास्स याद आयो केही दिन अघि इमेल आएको थियो जसमा मेडिकल क्यिरेन्स र इन्सुरेन्स अन्य करारका पत्रहरु पठाएको र ट्राभल गर्दा सबै लिएर आउन भनेका थिए ।
महिन्द्रा एड्भेन्चरका सेल्भीन आए भिज्दै र भने गियर रेगुलर २ बाट उठाउनु र बाटो हेरेर ३ वा ४ मा पनि गुडाउन सकिन्छ । गाडी ४ बाई ४ इन्गेज गरेपछि चारवटै चक्कामा इन्जिनको पावर लाग्ने र जस्तोसुकै हिलो, पानी वा उकालोमा सरररर…. तान्ने रहेछ । यो ४ बाई ४ को यात्रा लोमन्थाङदेखि कोरलाको नाका सम्मै जारी रह्यो ।
त्यो बेला हामी हाम्रै देशमा घुम्नका लागि पनि केको मेडिकल क्लियरेन्स र ट्राभल इन्सुरेन्स चाहिएला र भन्ने लाग्यो । तर, डब्लुबीबीका प्रतिनिधिले यो डकुमेन्ट अनिवार्य रहेको र नहुँनेलाई लान नसक्ने जानकारी दिए ।
हुनपनि मेडिकल क्यिरेन्स त हाम्रो एक्पिडिसनका डाक्टरले पनि ल्याउन जरुरी रहेछ । ओरेन्टेसनका दिन सामान्य परिचयबाट सुरु भयो । हाम्रो यो यात्रामा पेसाले ६ जना त डक्टरहरु नै सहभागि रहेछन् ।
हाम्रो यात्रामा नेपालबाट तीन जना मिडिया र तीन जना अग्निबाट गरेर जम्मा ६ जना नेपाली सहभागि रहेका थियौ । बाँकी सबै जना भारतीय मूलका रहेका थिए । धेरैजना साउथबाट, केही दुवईबाट, केही मुम्बई र दिल्लीका पनि सामेल रहेका थिए ।
यात्रामा एउटा परिवारका चार जना सहभागी थिए । जसमा बाबु, आमा र साना दुईवटा बच्चीहरु थिए । एउटाको उमेर ६ वर्ष र अर्काको ११ वर्ष रहेछ । मेरो मनमा यति साना नानीहरुलाई किन यस्तो पहाडमा दुःख खुवाउन लान लागेको होलान् भन्ने कौतुहलता आयो । मनमनै सोचे कच्ची बाटो, लेक, धुलो, जाडो अनि अपर मुस्ताङ्गमा अझै राम्रो बस्ने खाने व्यवस्था पनि छैन ।
पहिलो दिन

काठमाडौंको गौशालाको मिराज लड्स इनबाट विहान ८ बजे फ्ल्याग अफ भयो । पहिलो दिनको अन्तिम गन्तब्य थियो पोखरा । गाडीको कल साईन थियो ‘मिडिया टु’ । हामीले पनि रेडियोबाट भन्यौ मिडिया टु रोलिङ्ग । बाटोमा लहरै र उस्तै १७ वटा गाडिहरु हिड्दा अनौठो देखिएको थियो । अन्य गाडीका र बटुवाहरु एकतमासले हेर्दै थिए । आफूलाई भने गौरवको अनुभव भई रहेको थियो । पहिलो दिनको ओरेन्टेसनमा भनिएको थियो आफ्नो पछाडिको गाडको ध्यान दिने कुरेर भएपनि सबै जनासँगै जाने ।
चुम्मिङ्गटारको सिद्धार्थ कटेजमा पुगेर लन्च गरियो । लन्चको लागि केही समय कुर्नु परेकाले मोवाइलमा मेल चेकगर्दै सुइमिङ्ग पूल साइटमा टहलिदै थिए, एक जना पञ्जाबी आइपुगे अगाडि ।
पंजाबीहरु रसिला हुन्छन भन्ने थाहानै थियो उमेरमा म भन्दा निकै कान्छा थिए । मैले सोधे के यो तिम्रो पहिलो नेपाल भ्रमण हो ? हो उनले भने । बिडिएसको अत्तिम बर्षमा पढिरहेका हृदय पाल सिंघ असाध्यै रमाईला, सबैलाई नचाउने तथा सहयोगी रहेछन् ।
सोही स्थानमा अर्का व्यक्ति पनि आईपूगे पूलक भत्स्य उनि हेर्दा कलिलो केटो तर भारतको प्रसिद्ध एम्स हस्पिटलका सिनीयर अर्थोपेडिक सर्जन रहेछन् । अनि उनि हाम्रो एक्पिडीसनको अफिसीयल डाक्टर पनि ।
भारतको हिमान्चल प्रदेशका उनि भन्दै थिए मलाई पहाडी हिमाली एरिया घुम्न असाध्यै मन पर्छ । हस्पिटलको काम विदा मिलाउननै गाह्रो । १२/१२ दिनको बिदा बल्ल मिल्यो र आउन पाए ।
पहिलो दिन बेलुका सामान्य छलफल, खानपान र रमाइलोका साथै भोली ८ बजे ब्रेकफास्टमा भेट्ने सहमति सहित दिन सकियो ।
अन्तिममा मैले पोखराको फेवाताल विहान असाध्यै रमाईलो हुन्छ बिहान जगिङ्ग गर्ने प्रस्ताव राखे । राति ११ बजी सकेको थियो कसैबाट पनि उत्तर आएन । सिवाय डक्टर पूलक ।
दोस्रो दिन
दोस्रो दिन ६ बजे उठेर लागियो पोखराको फेवाताल किनारमा दौडन । एक घण्टा जतिको दौड र घुमघामसँगै हिमालयन जावाको कफिको स्वाद लिएर फर्कियो होटल ।
अबत अनुहारले सबैलाई चिनिने भइसकिएको थियो । बिहान ब्रेकफास्टमा सामेल भइयो । प्रोग्राम सेड्युलमा फ्रिडे भनिएको थियो । तर ११ बजे माथि हलमा सामेल हुने पो निर्देशन आयो त । लाइफ सेभिङ्ग फस्ट एडका उपचार बिधिको ट्रेनिङ्ग रहेछ ।

हिमाली कच्ची बाटोमा जहाँ जहीले पनि दुर्घटनाको सम्भावना हुने भएकोले एक्पिडिसन अगाडि यस्ता ट्रेनिङ्ग दिइने रहेछ । हस्पिटल वा उपचार कक्षहरुको सहजै उपलद्धता नहुने हाम्रो जस्ता ठाँउहरुमा यस्ता ट्रेनिङ्गहरु अझ उपयुक्त हुने रहेछ ।
तेस्रो दिन
पोखराबाट बिहान ७ बजेनै यात्रा सुरु गर्ने भनिएता पनि ८ बजे रोलआउट भयो । आजको यात्रा थियो कालापानीसम्मको । बेनीमा नेपाली थालीको लन्चबाट सुरु भयो नेपाली दाल भात तकारीको पनि सहयात्रा । बाटोमा फोर बाइ फोरको ट्रेनिङ्ग दिइने भनिएता पनि उपयुक्त बाटो पाइएको थिएन तर तालिम नलिइदै बेनीबाट गलेस्वरको उकालो लाग्ने बित्तीकै पानी पर्यो ।
रेडियोमा भनियो गाडि रोकौं । गाडी न्यूटलमा लगाएपछि फोर ह्वील ड्राइभ अन गर्नको लागि फोरलोमा लगाउने भनियो । ड्यासबोर्डमा साइन पनि देखियो ४ बाई ४ चालु भएको ।
महिन्द्रा एड्भेन्चरका सेल्भीन आए भिज्दै र भने गियर रेगुलर २ बाट उठाउनु र बाटो हेरेर ३ वा ४ मा पनि गुडाउन सकिन्छ । गाडी ४ बाई ४ इन्गेज गरेपछि चारवटै चक्कामा इन्जिनको पावर लाग्ने र जस्तोसुकै हिलो, पानी वा उकालोमा सरररर…. तान्ने रहेछ । यो ४ बाई ४ को यात्रा लोमन्थाङदेखि कोरलाको नाका सम्मै जारी रह्यो ।
अगाडि लामबद्ध रुपमा हाम्रै गाडीहरु रहेको थियो । तल कालिगण्डकी सुसाइरहेको थियो । घाम र पानीको सम्मीश्रणले एकै पटक दुईवटा इन्द्रेणी देखिएर रोमान्चक यात्रा सुरु भईरहेको थियो । यो पानी र इन्द्रेणीले हामीलाई स्वागत गरिरहेको या भनौ साइत पारेको जस्तै भयो रेडियोमा कसैले भन्दै थियो ।

अचानक लिड भेइकलले सकेसम्म गाडी दायाँ साइड लगाएर रोक्न निर्देशन आयो । ला बाटो बिग्रीएछ कि के हो ? मैले सोचे । केही बेर रोकेपछि थाहा भयो अगाडि विपरित दिशाबाट आएको गाडी झण्डै कालिगण्डकी खसेछ । उक्त गाडीको अगाडि एकपट्टीको पाग्रा त भिरमा खसेको रहेछ ।
सानो बाटो गाडी अड्केको छ बाटो बन्द । अब के होला ? हाम्रो एड्भेन्चरमा महिन्द्राका काबिल टेक्नीसीयन र महिन्द्रा अफरोड एकेडेमीका अफिसरहरु थिए । उनिहरु लागिहाले काममा ।
पहिला महिन्द्राको थार लगेर अगाडि राखियो अनि अगाडिरहेको फलामको डोरी लगेर उक्त गाडीमा अङ्कुस लगाईयो अनि गाडी स्टार्ट गरेपछि त सुइजकै माध्यमबाट उक्त थारले बिस्तारै उक्त गाडी तानेर अगाडि बाटोमा ल्यायो ।
महिन्द्राको थार हेर्दा सानो भएपनि असाध्यै पावरफुल रहेछ । पहिलो दिनको अफरोड ड्राईभ एक त उकालो बाटो, दोस्रो पानी परेर बनेको हीलो र ५ नबज्दै भएको अध्यारो सबै अनुभव पहिलो दिनमै भयो ।
प्रत्येक दिन गाडीको लुब्रिकेन्ट लेवल, पानीको मात्रा र चारैवटा टायरको प्रेशर नाप्नुपर्ने दिन चरिया थियो । सबै गाडीहरुको चेकजाँच सम्बन्धित गाडीका चालकले नै गर्नु पथ्यो । केही समस्या देखिएमा महिन्द्राका टेक्निसियनहरु हरदम तयारी अबस्थामा रहेका थिए । साँचैनै महिन्द्राका गाडीहरु अफरोडका लागि अति उपयूक्त रहेछन् । त्यसैलेत मुक्तिनाथ जाने ९९ प्रतिशत सवारी महिन्द्राको स्कर्पियो वा बोलेराे हुदो रहेछ । क्रमश…….

