३ लाख ९ हजारको आफ्टेक टर्बो TR-170 नेपालमा, एबीएसले अझै उत्कृष्ट

काठमाडौं । आफ्टेक मोटर्सको उत्पादन टर्बो टीआर १७० नेपाली बजारमा सार्वजनिक भएको छ । म्याक्स भिजनले नेपाली बजारमा ल्याएको यो मोटरसाईकल नेकेड स्ट्रीट डिजाइनमा उपलब्ध रहेको छ ।

कम्पनीले यसमा १७० सीसी क्षमताको काब्रुरेटर इन्जिन दिएको छ । भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ का धेरै कम्प्लायन्स पुरागरेर आएको यो मोटरसाइकलले हेर्दा निकै लोभलाग्दो रहेको छ ।

सुरक्षाको लागि मोटरसाइकलमा एबीएस फिचर उपलब्ध रहेको छ । कम्पनीले २०१९ बाट भारतमा लागुभएको सुरक्षा मापदण्ड यसमा पुरा गरेर ल्याएको छ ।

यस मोटरसाइकलको लम्बाई १९५३ एमएम, चौडाई ७५५ एमएम र उचाई ११६० एमएम रहेको छ भने ह्वील वेस १३०० एमएम रहेको छ ।

२० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको मोटरसाइकलमा हेलोजिन वल्वसहितको हेडल्याम्प दिइएको छ । मोटरसाइकलको अधिकतम स्पीड ९५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा दिइएको ४ स्टोक काउन्टर व्यालेन्सर इन्जिनले ८००० आरपीएममा १४ बीएच पावर र ७५०० आरपीएममा १३.५ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

आरामदायी यात्राको लागि अगाडि हाइड्रोलिक टेलिस्कोपिक फर्क र पछाडि एड्जस्टेवल हाइड्रोलिक शक एब्जर्वर दिइएको छ ।


Back_to_top