काठमाडौं । मारुती सुजुकीको प्रिमियम कार बलेनो नेपाली बजारमा निकै रुचाइएको ह्याचव्याक कार हो । करिब तीन वर्ष अगाडि नेपाल भित्रिएको यो मोडललाई प्रिमियम ह्याचब्याक सेग्मेन्ट अन्तर्गत सबैभन्दा पपुलर कारको रुपमा लिइन्छ ।
नेपाली बजारमा मारुती सुजुकी बलेनो दुई भेरियन्टमा बिक्री भैरहेको छ । कम्पनीले डेल्टा भेरियन्टको बलेनो ३३ लाख ९९ हजार र जेटा भेरियन्ट ३६ लाख ९९ हजार रुपैयाँमा बेचिरहेको छ । बलेनो चर्चामा आउनुको मुख्य कारण यस्तो छ ।
आकर्षक लुक्स
बलेनोको लुक्स निक्कै बोल्ड र आकर्षक रहेको छ । थ्रिडी ग्राफिक डिजाइनमा निर्माण भएको बलेनोमा बोल्ड ग्रिल, नयाँ बम्पर, प्रिसिशन कट ड्युल टोन अलोय ह्वील, एलइडी डिआरएलएस, एलइडी प्रोजेक्टर हेडल्याम्प, रियर एलइडी कम्बिनेशन ल्याम्प लगायतका विशेषता दिइएको छ । यी विशेषताले कारको लुक्सलाई निक्कै आकर्षक बनाएको छ ।
स्पेस र कम्फर्ट
यसको लम्बाई ३९९५ एमएम, चौडाई १७४५ एमएम र उचाई १५१० एमएम रहेको छ भने ह्वीलवेश २५२० एमएम र बुट स्पेश ३०९ लिटर रहेको छ । पर्याप्त क्याबिन रहेको यो कारमा सहजै पाँच जना प्यासेन्जर अट्न सक्छन् । यस्तै, यसको रियर सिट निक्कै कम्र्फटेबल रहेको छ । फराकिलो क्याबिन, बुट स्पेश र कम्र्फटेबल सिट भएकै कारण लामो दुरिको यात्राको लागि बलेनो छनौटमा पर्ने गर्छ ।
इन्जिन अप्सन
बलेनोमा तीन ओटा इन्जिन अप्सन उपलब्ध रहेको छ । यसमा १.२ लिटर हाइब्रिड पेट्रोल, स्टायन्डर्ड स्टान्र्डड पेट्रोल इन्जिन र १.३ लिटर डिजेल इन्जिनको विकल्प दिइएको छ । तीन वटै इन्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । आवस्यकता अनुसारको इन्जिन अप्सनमा कार किन्न सकिने भएकाले पनि यसलाई बढि रुचाइने गरिन्छ ।
माइलेज
बलेनो, आकर्षक माइलेज दिने कारको रुपमा चिनिन्छ । यसमा दिइएको हाइब्रिड पेट्रोल इन्जिनले प्रतिलिटर २८.३७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । यस्तै, म्यानुअल गियरबक्सयुक्त स्टान्र्डड पेट्रोल इन्जिनले प्रतिलिटर २१.०१ किलोमिटर र सिभीटी गियरबक्स भएको मोडलले प्रतिलिटर १९.५६ किलोमिटर माइलेज दिनेगर्छ । डिजेल इन्जिनले भने प्रतिलिटर २७.३९ किलोमिटर माइलेज प्रदान गर्छ ।


