सुजुकी टु ह्वीलर्सले नयाँ स्कुटर बर्गम्यान स्ट्रिट १५० सार्वजनिक गर्ने भएको छ । पावरफुल इन्जिनमा आउने यो स्कुटरमा सिंगल च्यानल एबीएसको फिचर दिइएको छ । यसमा उपलब्ध एयर कुल्ड इन्जिनले ९.५ बीएच पावरका साथै १०.५ एनएम टर्क उत्पादन गर्छ ।
यसको एप्रोनमा एलइडी हेडल्याम्प, विन्डस्क्रिन, फुटरेष्ट, म्याक्सी स्टाइलको फ्लोर बोर्ड, टल ह्यान्डलबार र क्लोच स्टोरेजको विशेषता दिइएको छ भने फ्रन्ट साइडमा टेलिस्कोपिक फर्क र रियरमा डबल शक याब्जर्वर लगाइएको छ । यस्तै, यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ ।
यो स्कुटरले एसआर १५० तथा भेष्पाको १५० सीसीका स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ । सँगै यामाहा एनम्याक्स १५० र युएमको चिलसँग पनि यसको प्रतिस्पर्धा हुनेछ ।
केही समय अगाडिमात्रै नेपाली बजारमा सार्वजनिक भएको सुजुकीको वर्गम्यान स्ट्रिट १२५ हाल दुई लाख १९ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ । बर्गम्यान स्ट्रिट १५० पनि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।


