स्कुटर किन्न ७ बाणिज्य बैंकको कर्जा सुविधा, कुन बैंकबाट किन्दा मासिक किस्ता कति

काठमाडौं । इलेक्ट्रीक स्कुटर किन्ने सोच्दै हुनुहुन्छ भने एनआइयुका स्कुटरमा सात बाणिज्य बैंकले कर्जा लगानी गरिरहेका छन् । 

नविल बैंक, हिमालयन बैंक, मेगा बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले एआईयूका स्कुटर खरिद गर्नेलाई कर्जा प्रबाह गरिरहेका छन् । 

सबै बाणिज्य बैंकले १० देखि १२ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गर्ने जनाएका छन् । 

कुनै बैंकको मासिक किस्ता कति ?

मेगा बैंकले अधिकतम १८ महिने किस्ताबन्दीमा स्कुटर उपलब्ध गराउने छ । ग्राहकले मेगाबाट कर्जा लिएर स्कुटर किन्दा २४ हजार ५ सय रुपैयाँ डाउन पेमेन्टको रुपमा जम्मा गर्नु पर्नेछ भने मासिक १४ हजार ११२ रुपैयाँ किस्ता तिर्नुपर्ने हुन्छ ।

ग्लोबल आइएमई बैंकले पनि बढिमा १८ महिने अवधिका लागि फाइनान्सक सुविधा दिने जनाएको छ । एनआइयुका स्कुटर खरिद गर्ने ग्राहकले ७५ हजार २ सय रुपैयाँ डाउनपेमेन्ट गरि मासिक ११ हजार १११ रुपैयाँ किस्ता तिर्दा स्कुटर चढ्न पाउने छन् । 

२४ महिनाका लागि फाइनान्स सुविधा प्रदान गर्ने हिमालयन बैंकले सुरुवातमा ७६ हजार २ सय रुपैयाँ डाउनपमेन्ट गर्नुपर्ने जनाएको छ । हिमालयन बैंक मार्फत स्कुटर खरिदगर्दा मासिक ८ हजार ३७० रुपैयाँ किस्ता तिरे पुग्नेछ । 

यस्तै, माछापुच्छ्रे बैंकले २४ महिने किस्ताबन्दीमा स्कुटर खरिद गर्दा ७५ हजार १८४ रुपैयाँ डाउनपेमेन्ट गर्नु पर्ने हुन्छ । साथै ग्राहकले मासिक ८ हजार ४६७ रुपैयाँ किस्ता तिरेर एनआइयुका स्कुटर चढ्न सक्नेछन् । 

सेन्चुरी बैंकले पनि १८ महिनाका लागि आकर्षक ब्याजदरमा फाइनान्स सुविधा प्रदान गर्ने जनाएको छ । यो बैंकबाट फाइनान्स सुविधा लिने ग्राहकले ३० हजार ४८० रुपैयाँ डाउनपेमेन्ट गरे पुग्छ ।  यसरी, किन्दा ग्राहकले मासिक किस्ता १४ हजार ११२ रुपैयाँ तिर्नु पर्ने हुन्छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले १८ महिनाको लागि फाइनान्स सुविधा प्रदान गर्ने जनाएको छ । यस बैंकमार्फत स्कुटर किन्ने ग्राहकले ७८ हजार रुपैयाँ सुरुमै डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । मासिक किस्ता भने ११ हजार १११ रुपैयाँ तिर्दा पुग्ने छ । 


Back_to_top