यस्तो छ हुन्डाईको ५ वर्षे इलेक्ट्रीक रणनीति, बन्ला तेस्रो ठूलो उत्पादक

काठमाडौं । दक्षिण कोरियाली कम्पनी हुन्डाईले आफूलाई तीन उत्कृष्ट इलेक्ट्रीक भेहिकल उत्पादक कम्पनी भित्र स्थापित गर्ने रणनीति तयार पारेको छ । तीन योजना समेटिएको ‘स्टार्टेजी २०२५’ अनुसार कम्पनीले सन् २०२५ देखि ‘अल इलेक्ट्रीक तथा हाइड्रोजन फ्यूल सेल’ कार उत्पादनमा छलाङ्ग लगाउने तस्विर तयार गरेको हो ।

कम्पनीको मिसन २०२५ अनुसार वार्षिक ६ लाख ७० हजार वातावरण मैत्री सवारी उत्पादन तथा बिक्री गर्ने लक्ष्य कम्पनी लिएको छ ।

उक्त योजनाको ठूलो हिस्सा इलेक्ट्रीक कारको रहेको छ । कम्पनीले वार्षिक ५ लाख ६० हजार इलेक्ट्रीक र १ लाख १० हजार हाइड्रोजन सेल कार उत्पादन र बिक्री वितरण गर्ने कुरा विज्ञप्तीमा उल्लेख छ ।

वातावरणमैत्री सवारीको प्रयोगलाई बढवा दिने उद्देश्य अनुरुप उत्पादित कारको मूल्य सर्वसाधारणले प्रयोग गर्न सक्ने किसिमले निर्धारण गर्ने समेत कम्पनीले उल्लेख गरेको छ ।

नयाँ रोडम्याप अनुसार कम्पनीले सन् २०३० सम्ममा अमेरिका, चीन र युरोपमा तथा सन् २०३५ सम्ममा भारत, ब्राजिल लगायतका मुलुकमा आफ्ना सबै उत्पादीत मोडल उपलब्ध गराउने उल्लेख गरेको छ ।

हुन्डाईका अलवा अन्य अटोमोबाइल्स कम्पनीले पनि इभी उत्पादनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन् । हुन्डाई कै अर्को लक्जरी ब्राण्ड जेनेसिसले पनि अल इलेक्ट्रीक मोडल ल्याउने तयारी गरिरहेको छ ।

 


Back_to_top