काठमाडौं । टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले जाडोयामको अवसरमा ‘विन्टर ब्लेसिङ्ग’ कार्यक्रमको आयोजना गर्दैछ । उक्त कार्यक्रम कम्पनीको थापाथली स्थित सोरुममा आज मंसिर २७ गते शुक्रवारदेखि सुरु भई मंसिर २९ गते आइतवारसम्म संचालन भएको हो ।
कार्यक्रमको दौरान ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एनआरजी लगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्यक्रममा कार खरिद गर्नेले नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्येक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषण पाउन सक्ने छन् ।

