काठमाडौं । फक्सस्वागेन कम्पनीले अटो दिल्ली अटाे एक्स्पो २०२० मा तीन नयाँ एसयूभी प्रदर्शन गर्ने तयारी गरेको छ । प्रदर्शन हुनेमध्ये पहिलो एसयूभी २०२० को मध्यमा सार्वजनिक हुने छ भने, अरु मोडललाई केही समयपछिमात्रै ल्याउने कम्पनीले जनाएको छ । एओ नेमप्लेटममा निर्माण भएको उक्त एसयूभी नयाँ ब्रान्ड फिलोसफीमा आधारित रहेको छ ।
कम्पनीको २.० रणनीति निर्माण भएको तीन एसयूभी २०२१ सम्ममा निर्माण भइसक्नेछन् । इमिशन मापदण्ड बीएस ६ अनुरुपको इन्जिनयुक्त तीन वटै एसयूभी भारतीय बजारमा भित्रिने कम्पनीले जनाएको छ । भारत भित्रिने पक्का भएको कम्प्याक्ट एसयूभी फक्सस्वागेन टी–क्रश हुन्डाई क्रेटा र निशान किक्ससँग प्रतिस्पर्धा गर्नेगरी आउने छ ।

लक्षित ग्राहकलाई मोडलप्रति आकर्षण गर्न फक्सस्वागेनले टी–क्रशमा आकर्षक कलर र रोमाञ्चक प्याट्रन दिएको छ । यसमा माकेना फिरोजा, इनर्जेटिक ओरेन्ज र ब्लाक युनि जस्ता प्याट्रन रहेका छन् । एसयूभीको डिजाइनबारे बोल्दै फक्सस्वागेनका डिजाइनर क्लाउज बिसफ, ‘स्वतन्त्र, मस्कुलिन तथा शक्तिशाली’ गुणलाई समेट्दै दृढताका साथ टी–क्रश निर्माण गरिएको बताउँछन् । फक्सस्वागेनले टी–क्रश शक्तिशाली तथा आकर्षक डिजाइनमा निर्माण गरिएको भन्दै प्रतिस्पर्धात्मक बन्ने दाबी गरेको छ ।
कम्पनीले टी–क्रशमा उच्च गुणस्तरको डिजिटल ग्याजेट तथा एडभान्स प्राविधिक विशेषता दिएको छ । एसयूबीले उच्चस्तरीय सुरक्षाको प्रत्याभूति दिने कम्पनीको दाबी छ । सुविधा अन्तर्गत डिजीटल कटपिट, चार एसयूबी कनेकक्शन, स्मार्टफोनको लागि वायरलेश चार्जिङ, ३ सय वाटको साउण्ड सिस्टम लगाइएको छ ।

