स्पोर्टी स्कुटरमा टीभीएस र अप्रिलियाबीच प्रतिस्पर्धा, बढी मूल्य र फिचर लोडेडमा कुन छान्ने

काठमाडौं । आकर्षक लुक्स भएको स्कुटर अप्रिलिया एसआर १५० रेस लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ । यस्तै टीभीएसले स्र्पोटी लुक्ससहितको एनटर्क–१२५ नेपाली बजारमा गत बर्ष सार्वजनिक गर्यो । 

सावजनिक भएको छोटो समयमा नै नेपाली बजारमा उत्कृष्ट व्यापार गरिरहेको छ । आर्कषक लुक्स तथा अफरोडका लागि समेत उपयुक्त रहेको अप्रिलिया एसआर–१५० रेसले भने सोचेजस्तो व्यापार गर्न सकेको छैन । 

अप्रिलियाले केही समय अगाडि सार्वजनिक गरेको स्ट्रोम–१२५ ले भने नेपाली सडकमा बाक्लो उपस्थिति जनाउन थालिसकेको छ । 

टीभीएसले आफ्नो सफल स्कुटर एनटर्कलाई केही परिमार्जन सहित नेपाली बजारमा भित्र्याएको छ । यही एनर्टक–१२५ रेस र एसआर–१५० रेस बीच हामिले के कारण एनटर्क उत्कृष्ट छ भनेर केहि बिश्लेषण गर्ने जमर्को गरेका छौं ।

स्मार्ट कनेक्ट

टीभीएस एनटर्क १२५ सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट टेक्नोलोजी रहेको स्कुटर रहेको छ । यही फिचरलाई कम्पनीले नयाँ भर्सन एनटर्क १२५ रेस एडिसनमा समेत निरन्तरता दिएको छ । यो कन्सोलमा हेलमेट वार्निङ, ट्रिप मिटर, राइड मोड, डिजिटल स्पीडो मोटर, फ्यूल गज जस्ता फिचर रहेको छ । 

यसका साथै यसमा स्मार्ट कनेक्ट मार्फत मोवाइल कनेन्ट गरेर एसएमएस, फोन कल, टर्न वाइ टर्न जीपीएस समेत प्रयोग गर्न सकिन्छ ।

यस्तै अप्रिलिया एसआर १५० रेसमा भने सेमी डिजिटल कन्सोल रहेको छ । यसमा डिजिटल स्पीडो मिटर, ट्रिप मिटर, फ्यूल इन्डिकेटर जस्ता फिचर रहेको छ ।

इन्जिन

१२४.७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोक ३ भल्भ इन्जिन दिइएको टीभीएस एनटर्कले ७५०० आरपीएममा ९.४ पीएस तथा ५५०० आपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै १५४.८ सीसीको सिगंल सिलिन्डर, ३ भल्भको इन्जिन रहेको एप्रिला एसआर १५०ले ६७५० आरपीएममा १०.२ पीएस पावर तथा ५००० आरपीएमा १०.९ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिन क्षमताका आधारमा धेरै सीसी क्षमता रहेको स्कुटर एसआर १५० भन्दा एनटर्क १२५ को पावर केही कम रहेको छ । यससँगै ५ लिटरको फ्यूल ट्याङकी दिइएको टीभीएस एनटर्क १२५ ले ६० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ भने, ६.५ लिटरको  फ्यूल ट्याङकी दिइएको एसआर १५० ले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनी बताउँछ । माइलेजका आधारमा स्कुटर छनोट गर्नेलाई एनटर्क उत्कृष्ट हुन सक्छ ।

हेडल्याम्प र अन्य विशेषता

एनटर्क १२५ रेस एडिसनमा कम्पनीले फुल एलइडि डेटाइम रनिङ लाइट सहितको हेडल्याम्प तथा टेलल्याम्प दिएको छ । यसअघि यो स्कुटरमा हेलोजिन ल्याम्प प्रयोग गरिएको थियो । यस्तै एप्रिलिया एसआर १५० रेसमा भने हेलोजिन हेडल्याम्प प्रयोग गरेको छ ।

यी दुबै स्कुटर स्टाइलिस लुक्स भएका स्कुटर हुन् । बाहिरी आवरणमा दुबै स्कुटर उत्कृष्ट रहेका छन् । यी दुबै स्कुटरमा सेल्फ तथा किक स्टार्ट सुबिधा उपलब्ध रहेको छ । साथै दुबै स्कुटरमा फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ ।

टीभीएस एनटर्क १२५ नेपालमै पहिलो स्मार्ट टेक्नोलोजि यूक्त स्कुटर रहेको छ । यसमा चालकले आफ्नो स्मार्टफोन कनेक्ट गरि फोनकल, एसएमएस तथा जीपीएस सेवासमेत प्रयोग गर्न सक्ने छन् । यस्तै कम्पनीले एनटर्क रेस एडिसनमा हार्जाड लाइटको सुबिधा थप गरेर ल्याएको छ । 

यस स्कुटरमा स्पोर्ट मोड तथा इको मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, इन्जिन किल स्वीच र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । उहि एसआर १५० रेसमा सेमी डिजिटल डिस्प्ले दिइएको छ ।

मूल्य

हिजो मात्र सार्वजनिक भएको टीभीएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९ सय र एप्रिला एसआर १५० रेस को डिजिटल कन्सोल भर्सनको मूल्य २ लाख ९३ हजार ९ सय रहेको छ ।

निष्कर्ष

यी दुबै स्कुटरको विशेषता भनेको यसको डिजाइन तथा पावर रहेको छ । मूल्यमा ४७ हजार रुपैयाँ महगो रहेको एप्रिलिया एसआर १५० रेस फिचर लोडेड एनटर्कसँगको प्रतिस्प्रर्धामा निकै पछाडि पर्ने देखिन्छ । 


Back_to_top