ट्राइम्फ र बजाजको सहकार्य, बजाज एभेन्जर ७०० सीसीमा आउने

लोकप्रिय बजाज क्रुजर एभेन्जर अब ७०० सीसीमा आउने भएको छ । बजाज र ट्राइम्फको सहकार्यमा ७०० सीसी मोटरसाइकल निमार्ण गरिने भएको हो ।

भारतीय टु ह्विलर कम्पनी बजाज अटो र बेलायती मोटरसाइकल कम्पनी ट्राइम्फबीच २४ जनवरीमा सहकार्यको औपचारिक घोषण गर्ने कार्यक्रम रहेको छ । यी कम्पनीले २०१७ देखि नै अनौपचारिक सहकार्य गर्दै आएका थिए ।

यी दुई कम्पनीबीच हुने सहकार्यमा बेलायती कम्पनीले अनुसन्धान र विकासको काम हेर्ने छ भने, भारतीय जाइन्ट कम्पनीले उत्पादनको काम गर्ने छ । पुने नजिक रहेको बजाजको चकन प्लान्टमा दुई कम्पनीको सहकार्यमा प्रिमियम मोटरसाइकल निर्माण गरिने जनाइएको छ । यो सहकार्यले भारतीय बजारमा बढ्दै गएको मिडरेन्ज कम्प्याक मोटरसाइकल सेग्मेन्टमा काम गर्ने छ । यससँगै बजाजले आफ्नो पोर्टभोलियोमा ठुला इन्जिनका मोटरसाइकल थप गर्ने अवसर प्राप्त गर्ने छ ।

सहकार्यको सुरुवातमा ट्राइम्फको इन्ट्रि लेवल तथा बजाजको फ्ल्यागशिप ७०० सीसी मोटरसाइकल निर्माण गर्ने भएको छ । यससँगै बजाज एभेन्जर ७०० आउने अनुमान गरिएको छ । बजाज एभेन्जर क्रुजर मोटरसाइकल मन पारउनेहरु माझ लोकप्रिय मोटरसाइकल रहेको छ । समयसँगै अपडेट, स्र्पोटी डिजाइन र आर्कषक मूल्यमा उपलब्ध रहेको एभेन्जर हाल १८० सीसी र २२० सीसीमा बजारमा बिक्री भइरहेको छ । हाल भारतीय बजार ७०० सीसी क्रुजर सेग्मेन्टमा हार्ले डेभिड्सन स्ट्रीट ७५०, रोयलइन्फिल्ड ६५० ट्वीन जस्ता मोटरसाइकल रहेको छ ।

बजाज र ट्राइम्फको सहकार्यमा निर्माण हुने मोटरसाइकल २०२२ को सुरुवातमा सार्वजनिक गर्ने जनाइएको छ ।


Back_to_top