हुन्डाईले आफ्नो कम्प्याक्ट सेडान कार अउरा भारतमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १२ भेरियन्टमा सार्वजनिक गरेको हो ।
कम्पनीले निकै प्रिमियम फिचरका साथ बजारमा उतारेको आउरा १.२ लिटर पेट्रोलमा एमटी ई, एमटी एस, एमटी एसएक्स र एमटी एसएक्स (ओ) भेरियन्टमा उपलब्ध रहेको छ ।
त्यस्तै सोही इन्जिनमा अटोमेटिकमा समेत दुई भेरियन्ट एएमटी एस र एएमटी एसएक्स प्लस भेरियन्टमा उपलब्ध हुने जानकारी दिइएको छ । साथै, १.० लिटर टर्बो पेट्रोल इन्जिनको साथ यसलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
१.२ लिटरमा सिएनजी भेरिएन्ट पनि भारतीय बजारमा उपलब्ध रहेको छ ।
१.२ लिटर डिजेल इन्जिनमा ४ भेरियन्ट उपलब्ध रहेको आउरा एमटी एस, एमटी एसएक्स (ओ), एएमटी एस र एएमटी एसएक्स भेरियन्टमा उपलब्ध रहेको छ ।
हुन्डाईले भारतमा यसको सुरुवाति भेरियन्ट एमटी ई पेट्रोलको मूल्य ५ लाख ८० हजार भारु निर्धारण गरेको छ भने १.२ डिजेल इन्जिन युक्त एसएक्स प्लसको मूल्य ९ लाख २४ हजार भारु तोकेको छ ।
आफ्नै नयाँ मोडल ग्रान्ड आई १० नियोसबाट प्रभावित रहेको यो मोडलले डिजाइन, लुक्स तथा मूल्यको आधारमा मारुती सुजुकी स्विफ्ट डिजायर र होन्डा अमेजसँग प्रतिस्पर्धा गर्ने छ ।
यसमा बिएस ६ मापदन्ड अनुरुपको १.२ लिटर पेट्रोल र डिजेल इन्जिन दिइएको छ । ८ इन्चको टचस्क्रिन इन्फोटेनेमेन्ट सिस्टमको साथै वायरलेस स्मार्टफोन चार्जिङ लगायतका स्मार्ट फिचर्स यसमा उपलब्ध हुने छन् ।
निकै स्पोर्टी र आकर्षक देखिएको कारलाई कम्पनीले आफ्नो पछिल्लो डिजाइन ल्याङ्गवेजमा निर्माण गरेको हो । आरामदायी, सुरक्षीत, स्टाइलिस र प्रविधिले भरिपूर्ण यो कार ग्राहकले निकै मन पराउने कम्पनीको अपेक्षा छ ।


