नेपाल आयो ‘२०२० इकोस्पोर्ट’, सबै भेरियन्टको मूल्यसहित

काठमाडौं । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जिओ अटोमोबाईल्स प्रालिले २०२० संस्करण फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ मा आधारित नयाँ इकोस्पोर्ट पुरानो मूल्यमा बिक्री हुने कम्पनीले जनाएको छ ।

फोर्ड इकोस्पोर्ट ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल तथा डिजेल इन्जिनका कारण धेरैको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ ।

नयाँ इकोस्पोर्ट डिजेलमा फोर्डको १.५ लिटर टिडीसिआई इन्जिन दिइएको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्नेछ ।

साथै, फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लिटर पेट्रोल इन्जिनले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा ५ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स रहेको छ ।

नयाँ इकोस्पोर्टमा ३ वर्ष वा १,००,००० किमीको वारेन्टी प्रदान गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सुरक्षाको लागि चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरव्याग, टचस्क्रिनयुक्त इन्फोटेन्टमेन्ट सिस्टम, स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, रेन सेन्सिङ्ग वाइपर जस्ता फिचर उपलब्ध रहेका छन् ।


Back_to_top