के बन्द हुने भएको हो ? यामाहाको यो चर्चित मोटरसाइकल

काठमाडौं । यामाहाले आफ्नो चर्चित मोटरसाइकल फेजर २५ बन्द गर्ने अनुमान गरिएको छ । कम्पनीले आफ्ना सबै मोडल बीएस ६ मा अपग्रेड गर्ने काम सम्पन्न भएको घोषणा गरेसँगै फेजर २५ बन्द हुने अनुमान गरिएको हो ।

कम्पनीले फेजर २५ लाई बीएस ६ मापदण्ड अनुसार परिमार्जन गरेको छैन । कुनै समय नेपाली बजारमा निकै चर्चामा रहेको फेजर अहिले पनि बिक्री वितरण भइरहेको छ ।

अहिले बन्द हुने चर्चा चलिरहेको यामाहा फेजर २५ मा कम्पनीले एक वर्षअघि एबीएस सहित ल्याएको थियो । कम्पनीले आफ्नो आधिकारीक साइटबाट भने अहिलेसम्म यसको नाम भने हटाएको छैन ।

फेजर २५ मा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर एयरकुल्ड, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २०.९ पीएस पावर र २० एनएम टर्क प्रदान गर्छ ।

मोरङ अटो वर्कसले नेपाली बजारमा यसलाई ४ लाख १४ हजार रुपैयाँ मूल्य राखेर बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top