फक्सवागनको इलेक्ट्रीक एसयूभी ‘आईडी-४’ सार्वजनिक

फक्सवागनले इलेक्ट्रीक गाडी उत्पादनलाई आक्रमकरुपमा विस्तार गर्ने योजना अनुसार आईडी ३ कम्प्याक्ट ह्याचव्याकपछि अगामी ७ मार्चबाट सुरु हुने जेनेभा मोटर शो २०२० को पूर्व सन्ध्यामा क्रसओभर एसयूभी आईडी-४ सार्वजनिक गरेको छ ।

कम्पनीले यसलाई यसअघि देखाएको आईडी क्रुज कन्सेप्टसँग मोल्दोजुल्दो हुनेगरि तयार गरेको हो । यसलाई यूरोप, चीन र नर्थ अमेरिकी बजारबाट बिक्री सुरु गर्ने घोषणा कम्पनीले गरेको छ ।

जर्मन कार उत्पादकले यसलाई लङ रेञ्ज एसयूभी भनेको छ । यसलाई एकपटकको फुलचार्जमा ५०० किलोमिटरभन्दा बढी गुडाउन सकिने दाबी कम्पनीको छ ।

यसमा रहेका अधिकांश फिचरहरु भ्वइस र टच कन्ट्रोलबाट संचालन गर्न सकिने जनाइएको छ । यसलाई विश्वकै पहिलो ‘क्लाइमेट नेचुरल’ एसयूभी भनिएको छ । यसलाई कम्पनीले दुई ड्राइभिङ सिस्टमको साथ ल्याउने जनाएको छ । रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा आईडी-४ पाउन सकिने छ ।


Back_to_top